पूर्व–पश्चिम राजमार्गको दुधौरा पुल भासियो, यातायात ठप्प


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

– लक्ष्मी साह

श्रावण २९, २०७४- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकको दुधौरा पुल भासिएको छ ।

आइतबार बिहान पुल भासिएपछि यातायात ठप्प भएको छ । ठूला सवारी बाटोमै रोकिएका छन् । तीन वर्ष अगाडि पनि यो पुल भासिएको थियो ।

यसैगरी पथलैया हेटौंडा सडकको चुरियामाईमा पहिरो खसेर बाटो पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । निजगढस्थित लालबकैया खोलाको ड्याम जंगलतिर पानी पस्न सुरु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com