विश्वका मैत्रीपूर्ण शहरमा एक नम्बरमा सिड्नी र टोरन्टो, टप २० मा कुन कुन ?


प्रकाशित मिति : असार ३, २०८० आईतबार

Sydney Opera House

विश्वका मैत्रीपूर्ण शहरमा एक नम्बरमा सिड्नी र टोरन्टो परेका छन् । भाषा सिक्नेहरूलाई स्रोतहरूसँग जोड्ने प्रिप्लाईले मित्रताको आधारमा शहरहरू सुचीकृत गरेको हो । यदि तपाईं नयाँ ठाउँ भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने उक्त शहर बाहिरका मानिसहरूका लागि अनुकूल छ कि छैन भनेर तपाईले विचार गर्न सक्नुहुनेछ ।

आगन्तुक फर्कने दर, सुरक्षा, आतिथ्य कर्मचारीहरूको मित्रता, लैंगिक समानता, समग्र खुशी, र अंग्रेजी बोल्ने प्रवीणता लगायतका आधारमा यो सुची निर्धारण गरिएको हो । अँग्रेजी संसारमा सबैभन्दा बढी बोलिने भाषा भएकाले सञ्चारको सहजता निर्धारण गर्न प्रत्येक शहरको अंग्रेजी बोल्ने प्रवीणता स्कोर पनि हेरिएको छ ।

१५ प्रतिशत आगन्तुकहरु फिर्ता दर संगै टोरन्टो गैर स्थानीयहरुका लागि हिट साबित भएको छ। सहरको खुशीको स्कोर १० मा ७ दशमलव ३ रहेको छ भने लैंगिक समानताको स्कोर १ सयमा ९० रहेको छ । जसले टोरन्टोलाई लोकप्रिय स्थान मात्र होइन, समावेशी पनि बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोरन्टोसँग बराबर गरेर टक्कर दिएको छ अष्ट्रेलियाको सिड्नीले । सिड्नी विश्वको सबैभन्दा मित्रवत शहरको रूपमा रहेको छ । जब सुरक्षाको कुरा आउँछ सिड्नीले १०० मध्ये ६५ दशमलव ८७ को उच्च स्कोर प्राप्त गरेको छ । लैंगिक अल्पसंख्यकले पनि सिड्नीमा स्वागतयोग्य वातावरण पाउँछन् । किनभने सिड्नीले लैंगिक समानतामा १०० मध्ये ८४ कमाएको छ। सिड्नीले खुशीको लागि १० मध्ये ७ दशमलव १३ अंक प्राप्त गरेको छ र १६ प्रतिशत आगन्तुक फिर्ता दर छ।

buildings near body of water landscape photography

तेश्रोमा स्कटल्याण्डको एडिनबर्ग रहेको छ भने चौथो मैत्रीमा युकेको म्यानचेस्टर रहेको छ । अमेरिकाको न्युयोर्कले पाँचौं मैत्री शहरको स्थान पाएको छ । क्यानडाको मोन्ट्रियल छैठौंमा, अष्ट्रेलियाको मेलबर्न सातौंमा, अमेरिकाको सान फ्रान्सिस्को आठौंमा, आयरल्याण्डको डब्लिन नवौमा र डेनमार्कको कोपनहेगन १० औं मैत्री शहरमा परेका छन् ।

एघारौंमा आम्स्टर्डम, १२ औंमा न्युजिल्याण्डको अकल्याण्ड, १३ औंमा पोर्चुगलको लिस्बन, १४ औंमा पेरिस, १५ औंमा बर्लिन परेका छन् । त्यस्तै सिंगापुर १६ औं, चेक रिपब्लिकको प्राग १७ औं, स्पेनको म्याड्रिड १८ औं, बार्सिलोना १९ औं र इजरायलको तेल अभिभ २० औं नम्बरमा परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com