बाल्टिमोरमा मेट्रोबस दुर्घटना, कम्तीमा १७ जना घाइते


प्रकाशित मिति : असार २, २०८० शनिबार

do not cross police barricade tape close-up photography

बाल्टिमोर सिटी फायर डिपार्टमेन्टका अनुसार शनिबार बाल्टिमोरमा दुई सवारी साधनसँग मेट्रोबस ठोक्किएपछि कम्तीमा १७ जना घाइते भएका छन्। भाग्यवश यस घटनामा कसैलाई पनि ज्यानै जोखिममा पर्नेगरी गम्भीर चोटपटक नलगोको बाल्टिमोर सिटी फायर डिपार्टमेन्टका सञ्चार निर्देशक केभिन कार्टराइटले बताएका छन् ।

एमटीए बस शनिबार बिहान डाउनटाउन बाल्टिमोरको वेस्ट मलबेरी स्ट्रिटमा नर्थ पाका स्ट्रिटमा लेक्सससँग ठोक्किएको थियो । त्यसपछि बसले निसानलाई ठक्कर दिएपछि ५०० वेस्ट फ्र्याङ्कलिन स्ट्रिटको एउटा भवनमा पुगेर रोकिएको प्रहरीले जनाएको छ।

मेरील्याण्ड ट्रान्जिट एडमिनिस्ट्रेशनका प्रवक्ता जेरिमिया मोर्केका अनुशार सिटीलिंक ब्लू बस बिहान सबा १० बजे दुर्घटनामा परेको हो । त्यसपछि तत्काल घटनास्थलमा विभिन्न टोलीहरु पठाइएको थियो ।

सिटीलिंक ब्लू बस

उद्दारकर्ताहरुले बसबाट बस चालकलाई निकालेका थिए । चालकलाई घटनास्थलमा उपचार गरिएको थियो भने अन्य १६ जना घाइतेहरूलाई अस्पताल लगिएको थियो । अहिले दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमटीए पुलिस, बाल्टिमोर सिटी फायर डिपार्टमेन्ट र मेडिक्स र भवन निरीक्षकहरू पनि घटनास्थलमा पुगेका थिए । फायर डिपार्टमेन्टको विशेष उद्धार कार्य टोलीका विशेषज्ञहरूले दुर्घटना पछि संरचनामा नोक्सान नभएको सुनिश्चित गर्न चार तले अपार्टमेन्ट भवनको मूल्याङ्कन गरेका थिए । संरचनाका ठाडो र तेर्सो बीमहरूमा क्षति नभएको जनाइएको छ ।

केवल अपार्टमेन्ट भवनको पहिलो तल्लाको केही क्षति भएको थियो । बासिन्दाहरू शनिबार दिउँसो घर फर्कन सक्षम हुने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com