न्युयोर्कमा ६ जना बालिकाहरूको सामुहिक बेलविवाह (इहि)


प्रकाशित मिति : असार २, २०८० शनिबार

नेवा: नख: न्यूयोर्कको आयोजनामा आठौं सामुहिक इहि कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ । नेवा: गुभाजु समन्त बज्राचार्यले नेवा: विधिपूर्वक इहि सम्पन्न गराएका हुन् । गुरूमा पुष्पा बज्राचार्य र नेवास् नख: अध्यक्ष महेन्द्र बीर बज्राचार्य र निर्वतमान अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानले जजमान भै पुजा सम्पन्न गर्न सहयोग गरे ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक इहिमा न्युयोर्क, फिलाडेल्फिया, कोलराडो र मिनसोटाबाट ६ जना बालिकाहरूको सहभागी थियो । इहि गरिएका बालिकाहरू लसता बज्राचार्य, हेभेन महर्जन, रूवी मे महर्जन अवाले, शनाया डंगोल, आर्या रंजितकार र आर्जा नानी बज्राचार्य लगायत उक्त कार्यक्रममा बालिकाका अभिभावक आफन्तकहरू लगायतको उपस्थिति थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्ता कार्यक्रमबाट विदेशमा रहेर पनि नेवारी मौलिक संस्कृति र परम्पराको समेत संरक्षण र प्रवर्द्धन हुने नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानले जानकारी दिए ।

नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी इहि गराउने प्रचलन छ। “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी गर्नु पर्ने संस्कार नै इहि संस्कार हो । इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी इहि गर्ने गर्ने बालिकाका बुवाले ईष्ट देवतासंग बिधिवत् रूपमा सम्बन्ध गास्ने काम गरेपछि यो इहि कार्य सम्पन्न हुने गर्दछ ।

नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । इहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ । सती प्रथा उन्मुलन गर्नका लागि इहिको परम्परा आरम्भ भएको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com