संसदभित्रै यौन दुर्व्यवहार भएको महिला सांसदको खुलासा


प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार

अस्ट्रेलियाकी एक महिला सांसदले संसदभित्रै यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । स्वतन्त्र महिला सांसद लिडिया थोरपेले बिहीबार यो  खुलासा गरेकी छन् । थोरपेले अष्ट्रेलियाको संसद महिलाका लागि सुरक्षित नभएको बताइन् । लिडिया थोरपले आफूले भोगेको यौन उत्पीडनको विवरण सुनाउँदै भक्कानिएर  रोइन । संसदमा आफूमाथि अश्लिल टिप्पणी हुने, गालीगलौज गरिएको, अनुचित ढंगले छोएको र प्रभावशाली व्यक्तिले यौन  दुर्व्यवहार गरेको उनले बताईन  ।

यसअघि लिडियाले आफ्ना साथी सांसद डेभिड भानले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर, पछि संसदबाट प्रतिबन्ध लाग्ने डरले उनले आफ्नो भनाइ फिर्ता लिनुपरेको थियो । बिहीबार, थोरपेले डेभिड भन विरुद्ध आफ्नो मुख्य आरोप दोहोर्याए। डेभिड कन्जरभेटिभ लिबरल पार्टीका सांसद हुन् र उनले लिडिया थोरपेको आरोपलाई कडाइका साथ अस्वीकार गरेका छन्। उनले यो आरोपबाट आफू निकै  दुखी भएको बताए ।  यो आरोपपछि लिबरल पार्टीले वानलाई निलम्बन गरेको छ ।

यस विषयमा वानले कानुनविद्हरुसँग कुरा गरिरहेको थर्पले भने, यस्तो अवस्थामा आफूले फेरि मुद्दा हाल्नुपर्‍यो । उनले भने, ‘मलाई पटकपटक फलो गरियो र संसद परिसरभित्रै गलत तरिकाले छुयो । मलाई अफिस छोड्न डर लाग्थ्यो । अफिसबाट निस्कँदा निकै होसियारीसाथ ढोका खोलेर कोही छ कि छैन हेर्थेँ।’ धेरै पटक अरुको सहयोगमा संसद छाड्नुपरेको उनले बताईन ।

यसअघि सन् २०२१ मा संसदभित्र यौन काण्ड सार्वजनिक भएपछि अस्ट्रेलियाको राजनीतिमा भूकम्प आएको थियो । त्यतिबेला, ब्रिटनी हिगिन्सले आरोप लगाएकी थिइन्  उनका साथी कन्जरभेटिभ कर्मचारीले उनलाई क्याबिनेट मन्त्रीको कार्यालयमा बलात्कार गरेको थियो। उनले यो घटना २०१९ मार्चको भएको बताईन । त्यसपछि यो सम्पूर्ण मामिलामा ५ वटा छुट्टाछुट्टै छानबिन गरिएको थियो । अष्ट्रेलियाको संसदमा यौन उत्पीडन र उत्पीडन हुने गरेको अनुसन्धानले देखाएको छ ।-एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com