प्रमुख अमेरिकी शहरहरूमा धनी कहलिन कुल सम्पत्ति कति चाहिन्छ?


प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार

man in black framed sunglasses holding fan of white and gray striped cards

वित्तीय सेवा कम्पनी चार्ल्स श्वाबको वार्षिक आधुनिक धन सर्वेक्षण अनुसार अमेरिकामा धनी महसुस गर्न औसतमा कम्तिमा २ दशमलव २ मिलियनको कुल सम्पत्ति चाहिन्छ । तर यदि तपाईसँग बैंकमा यति धेरै रकम छ भने पनि केहि स्थानहरूमा भने धनी मान्नका लागि पर्याप्त नहुने सर्वेक्षणले देखाएको छ ।

सान फ्रान्सिस्कोमा तपाईंलाई धनी मानिनको लागि ४ दशमलव ७ मिलियन डलरको नेट वर्थ चाहिन्छ। त्यो गत वर्षको सर्वेक्षण पछि ५ दशमलव २ मिलियन डलरबाट तल झरेको छ । तर अमेरिकामा औषतमा १ लाख २१ हजार ७ सय को नेट वर्थ रहेको फेडरल रिजर्भको सबैभन्दा पछिल्लो तथ्याङ्क भन्दा धेरै माथि छ।

सान फ्रान्सिस्को सर्वेक्षणमा सबैभन्दा माथि छ । सर्वेक्षणले अमेरिकाका १२ ठूला महानगरीय क्षेत्रहरू र १३ प्रमुख शहरहरू समेटेको थियो। न्युयोर्क सिटीमा तपाइको कुल सम्पत्ति ३ दशमलव ३ मिलियन भन्दा धेरै भएमा तपाई धनीमा गनिनुहुनेछ । त्यस्तै लस एन्जलस र सान डिएगोसहित दक्षिणी क्यालिफोर्नियामा ३ दशमलव ५ मिलियनभन्दा बढी सम्पत्ति हुने व्यक्ति धनीमा गनिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शियाटलमा ३ दशमलव १ मिलियन, वासिंटन डिसीमा ३ मिलियन, शिकागोमा २ दशमलव ३ मिलियन, ह्युस्टनमा २ दशमलव १ मिलियन, बोस्टनमा २ दशमलव ९ मिलियन, डलासमा २ दशमलव ३ मिलियन, एटलान्टामा २ दशमलव ३ मिलियन, फिनिक्समा २ दशमलव ४ मिलियन र डेनभरमा २ दशमलव ५ मिलियनभन्दा धेरैको कुल सम्पत्ति भएको व्यक्ति धनीमा गनिन्छ ।

नेट वर्थ भनेको उनीहरूले तिर्न बाँकी दायित्वहरू घटाएर एक व्यक्ति वा निगमको स्वामित्वमा रहेको सम्पत्तिको मूल्यको मापन हो । यी उच्च संख्याहरूको बावजुद ४८ प्रतिशत अमेरिकीहरूले आफू धनी महसुस गर्छन्। यद्यपि तिनीहरूको औसत नेट वर्थ ५ लाख ६० हजार डलर हो । सर्वेक्षणमा १० मध्ये ७ अमेरिकीहरूले सम्पत्ति भनेको नेट वर्थको सट्टा पैसामा जोड नदिनु रहेको बताएका छन् ।

धन पनि एक व्यक्तिपरक शब्द हो। सर्वेक्षणका लगभग दुई तिहाई उत्तरदाताहरूले धेरै पैसा हुनुको सट्टा आफ्नो प्रियजनसँगको सम्बन्धको आनन्द लिनुले धनको अर्थ राम्रोसँग वर्णन गर्ने बताउँछन्। लगभग ६६ प्रतिशत उत्तरदाताहरूले पैसा हुनु भन्दा समय हुनु महत्त्वपूर्ण रहेको बताए ।

अनलाइन सर्वेक्षण मार्चमा आयोजित गरिएको थियो । प्रत्येक महानगर क्षेत्रका लागि २१ देखि ७५ वर्षका बीचका ५ सय देखि साढे ७ सय स्थानीय बासिन्दाहरू सहभागी थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com