अमेरिकी सरकारी एजेन्सीहरू विश्वव्यापी साइबर आक्रमणमा


प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार

person standing near LED sign

धेरै अमेरिकी संघीय सरकारी एजेन्सीहरू विश्वव्यापी साइबर आक्रमणमा परेका छन् जसले व्यापक रूपमा प्रयोग हुने सफ्टवेयरमा कमजोरी देखाएको छ ।
यूएस साइबरसेक्युरिटी र इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीले धेरै साइबर आक्रमणमा परेका संघीय एजेन्सीहरूलाई सहयोग प्रदान गरिरहेको छ । साइबर सुरक्षाका लागि एजेन्सीका कार्यकारी सहायक निर्देशक एरिक गोल्डस्टेनले बिहीबार प्रभावहरू बुझ्न र समयमै उपचार सुनिश्चित गर्न तुरुन्तै काम गरिरहेको बताएका छन् ।

साइबर आक्रमणमा जिम्मेवार ह्याकरहरू रुसी भाषी समूह हुन् होइनन् भन्नेबारे पुष्टी भएको छैन । ह्याकिङ अभियानमा यो समूहले कैयन दावीहरु गर्दै आएको छ । अमेरिकाको ऊर्जा मन्त्रालय ग्लोबल ह्याकिङमा परेका धेरै संघीय एजेन्सीहरू मध्ये एक थियो । डिपार्टमेन्टले ह्याकको प्रभावलाई कम गर्न तुरुन्त कदम चालेको बताएको छ ।

closeup photo of eyeglasses

यातायात मन्त्रालय र विदेश मन्त्रालयले उनीहरू ह्याकको शिकार नभएको बताएका छन् । दुई हप्ता अघि सुरु भएको ह्याकिङ अभियानका पीडितहरूको सङ्ख्या बढेको छ । यसले प्रमुख अमेरिकी विश्वविद्यालयहरू र राज्य सरकारहरूलाई असर गरेको छ। ह्याकिङ अभियानले संघीय अधिकारीहरूमा दबाब बढाएको छ, जसले अमेरिकाभरका स्कूल, अस्पताल र स्थानीय सरकारहरूमा प्रभाव पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल्टिमोरको जोन्स हप्किन्स विश्वविद्यालय र विश्वविद्यालयको प्रख्यात स्वास्थ्य प्रणालीले यस हप्ता एक विज्ञप्तिमा स्वास्थ्य बिलिङ रेकर्डहरू सहित संवेदनशील व्यक्तिगत र वित्तीय जानकारी ह्याकमा चोरी भएको हुनसक्ने बताएको थियो । यसैबीच जर्जियाको राज्य(व्यापी विश्वविद्यालय प्रणाली ह्याकको असर र गम्भीरताबारे अनुसन्धान गरिरहेको पुष्टि गरेको छ ।

क्लोप भनेर चिनिने रुसी भाषी ह्याकिङ समूहले गत हप्ता केही ह्याकहरूको श्रेय दावी गरेको थियो जसले बीबीसी, ब्रिटिश एयरवेज, ओइल जायन्ट शेल, मिनेसोटा र इलिनोयका राज्य सरकारहरूका कर्मचारीहरूलाई पनि असर गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com