बेलायतको नटिङ्घममा चक्कु प्रहारबाट २ टिनएजरसहित ३ को हत्या


प्रकाशित मिति : जेष्ठ ३०, २०८० मंगलबार

बेलायतको नटिङ्घम सहरमा मंगलबार बिहान भएको शृङ्खलाबद्ध चक्कु आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । नटिङ्घमको सिटी सेन्टरको पश्चिममा रहेको इल्केस्टन रोडमा विहान ४ बजे पछि १९ वर्षका दुई विद्यार्थीहरूलाई छुरा प्रहार गरी हत्या गरिएको भेटिएको थियो ।

अर्को घटनामा,शहरको केन्द्रको मिल्टन स्ट्रीटमा चोरी भएको भ्यानका चालकले तीन जनामाथि गाडी जोत्ने प्रयास गरेपछि घाइते तीनै जनालाई अस्पताल लगिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले म्यापल्स स्ट्रीटमा भ्यान रोकेर एक व्यक्तिलाई पक्राउ गरेका छन् । करिब पाँच मिनेटको दूरीमा रहेको मगडला रोडमा ५० वर्षका एक पुरुष पनि चक्कु प्रहारबाट मृत फेला परेका छन् ।

संदिग्ध व्यक्तिले मिल्टन स्ट्रिटमा जानु अघि भ्यान चोरेर मानिसहरुमाथि कुदाउन खोजेको पुलिसको विश्वास छ । तीनै जनाको मृत्युलाई प्रहरीले जोडेको छ । हत्याको आशंकामा ३१ वर्षीय एक युवकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

इल्केस्टन रोडमा मारिएका १९ वर्षीय दुईजना युनिभर्सिटी अफ नटिङ्घमका विद्यार्थी थिए। प्रहरीले आधिकारिक रूपमा उनीहरूको नाम नखुलाएपनि बर्नाबी वेबर रहेको जनाइएको छ । मगडला रोडमा मृत फेला परेका व्यक्ति ५० वर्षका थिए । उनको नाम भने खुलाइएको छैन ।

भ्यानले मिल्टन स्ट्रिटमा हान्दा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य दुईलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com