गोप्य कागजातको आरोपमा दोषी नभएको अदालतसमक्ष डोनाल्ड ट्रम्पको दाबी


प्रकाशित मिति : जेष्ठ ३०, २०८० मंगलबार

FILE – Former President Donald Trump listens as he speaks with reporters while in flight on his plane after a campaign rally at Waco Regional Airport, in Waco, Texas, March 25, 2023, while en route to West Palm Beach, Fla. (AP Photo/Evan Vucci, File)

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य कागजातहरू गलत ह्यान्डलिङसँग सम्बन्धित ३७ आरोपहरूमा दोषी नभएको दावी गरेका छन्। ट्रम्पका वकिलहरूले मायामीको संघीय अदालतमा मंगलबार पूर्व राष्ट्रपतिको अभियोगमा जूरी ट्रायलको लागि आग्रह गरे। मुद्दामा दोषी नभएको निवेदनमा प्रवेश गर्ने ट्रम्पका वकिल टोड ब्लान्चेले न्यायाधीशलाई बताएका थिए ।

सुनुवाइका क्रममा ट्रम्प हात बाँधेर र अनुहारमा रिस लिएर बसेका थिए । उनी बोलेनन् । ट्रम्पका सहयोगी र सह प्रतिवादी वाल्ट नाउटालाई पनि गिरफ्तार गरेर फिंगरप्रिन्ट गर्दै प्रकृयामा लगियो । उनी मंगलबार प्रारम्भिक हाजिर भएका थिए तर जुन २७ सम्म उनी उपस्थित हुने छैनन्।

करिब ४५ मिनेटमा समाप्त भएको मंगलबारको सुनुवाइमा मजिस्ट्रेट न्यायाधीश जोनाथन गुडम्यानले उक्त मुद्दाको बारेमा ट्रम्पले नाउटासँग कुराकानी गर्न नसक्ने फैसला सुनाए। न्यायाधीशले अभियोजकहरूलाई ट्रम्पले मुद्दाको बारेमा कुराकानी गर्न नसक्ने सम्भावित साक्षीहरूको सूची बनाउन पनि भने । तथापि, न्यायाधीशले कुनै पनि प्रतिवादीलाई यात्रा प्रतिबन्ध लगाएनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ जस्टिसले ट्रम्प र नाउटा दुवैलाई कुनै आर्थिक वा विशेष शर्त बिना रिहा गर्न सिफारिस गरेको थियो। सरकारले प्रतिवादीलाई उडान जोखिमको रूपमा नहेर्ने अभियोजक डेभिड हार्बाकले बताए । गुडम्यानले मंगलबारको कामको लागि सम्पूर्ण कानून प्रवर्तन समुदायलाई धन्यवाद दिँदै सुनुवाई सुरु गरेका थिए ।

अभियोग सुनुवाइ अघि, डेपुटी मार्शलहरूले पूर्व राष्ट्रपतिलाई बुक गरेर उनको औंठाछापको इलेक्ट्रोनिक प्रतिलिपि लिएका थिए । उनीहरूले ट्रम्पको मगसट लिएनन् किनभने उनलाई सजिलै चिन्न सकिन्छ। बुकिंग प्रक्रिया लगभग १० मिनेट लाग्यो।

ट्रम्पविरुद्ध शीर्ष गोप्य सरकारी कागजातहरू लुकाएको र राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोप छ। अमेरिकाको इतिहासमा पहिलो पटक डिपार्टमेन्ट अफ जस्टिसले पूर्व राष्ट्रपतिविरुद्ध लगाएको अभियोजनले महत्त्वपूर्ण जेल सजायको सम्भावना बोकेको छ।

अदालतमा उपस्थीत हुनका लागि ट्रम्प सोमबार दिउँसो ३ बजे नै फ्लोरिडा पुगेका थिए भने मंगलबारको सुनुवाईपछि न्युजर्सी फर्किएका छन् । गत हप्ता सार्वजनिक गरिएको ४९ पृष्ठको अभियोगमा ट्रम्पलाई ३७ वटा अपराधको आरोप लगाइएको छ, जसमा ३१ वटा अभियोग राष्ट्रिय प्रतिरक्षा जानकारीहरु जानाजानी आफूसँग राख्ने सम्बन्धमा छन् । अन्य आरोपहरूमा अवरोध गर्ने षड्यन्त्र र झूटा बयानहरू समावेश छन्।

ट्रम्पलाई २०२१ मा कार्यालय छोड्दा आफ्नो फ्लोरिडाको मार ए लागो रिसोर्टमा दर्जनौं संवेदनशील राष्ट्रिय सुरक्षा फाइलहरू गैरकानूनी रुपमा राखेको र जथाभावी गरेको आरोप लगाइएको छ । कागजातहरु फिर्ता गर्न अस्वीकार गरेको र कागजातहरु पुन प्राप्त गर्न खोज्ने अनुसन्धानकर्ताहरूलाई अवरोध गर्ने षड्यन्त्र गरेको अभियोग पनि ट्रम्पविरुद्ध छ ।

उनलाई सुरक्षा क्लियरेन्स नभएका मानिसहरूसँग संवेदनशील अमेरिकी गोप्य कुराहरू शेयर गरेको आरोप पनि लगाइएको छ, जुन ट्रम्पले पहिले सामना गरेको कुनै पनि भन्दा अभियोगभन्दा धेरै गम्भीर छ।

प्रमाणहरूमा कागजातका बक्सहरुका तस्विरहरू पनि समावेश छन् जुन राष्ट्रिय अभिलेखमा राख्नुपर्नेमा बलरूममा र ट्रम्पको समुद्र तटको घरमा शौचालय र नुहाउने ठाउँमा राखिएको थियो । अभियोजकहरूका अनुशार ट्रम्पले पछि कागजातहरू फिर्ता गर्ने सरकारी प्रयासहरूलाई अवरोध पुर्‍याउन खोजेका थिए, जसमा ट्रम्पसँगै अभियोग लगाइएको व्यक्तिगत सहयोगी वाल्ट नाउटालाई कागजात लुकाउन र बक्सहरू सार्न ट्रम्पले निर्देशन दिएका थिए ।

आरोपहरु प्रमाणित भएमा ट्रम्पलाई दशकौं लामो जेल सजाय हुन सक्छ। तिनीहरूमा जासुसी ऐनको उल्लङ्घन समावेश छ जसले रक्षा जानकारीको अनाधिकृत कब्जालाई अपराधीकरण गर्दछ । साथै न्यायमा बाधा पुर्‍याउने षडयन्त्रमा अधिकतम २० वर्षको जेल सजाय हुन्छ।

यद्यपी यी अभियोगले उनलाई राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक्दैन । उनी दोषी ठहरिए पनि पदभार ग्रहण गर्नबाट रोक्दैन। आपराधिक सजाय पाएका उम्मेदवारहरू विगतमा राष्ट्रपतिमा उम्मेदवार थिए। सन् १९२० मा यूजीन वी डेब्स र सन् १९९२ मा लिंडन लॉरॉचले जेलबाटै चुनाव लडेका थिए ।

ट्रम्पविरुद्ध न्यूयोर्क राज्यको अदालतमा एक अर्को मुद्दा पनि चलिरहेको छ । पोर्न स्टारलाई रकम भुक्तानीबाट उत्पन्न भएको उक्त मुद्दामा ट्रम्प अप्रिलमा न्यूयोर्कको अदालतमा हाजिर भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com