३७ अपराध अभियोगको सामना गर्न डोनाल्ड ट्रम्प मायामीको अदालतमा दिउँसो ३ बजे उपस्थित हुने
प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार
Former US president Donald Trump (C) appears in court at the Manhattan Criminal Court in New York on April 4, 2023. – Trump was charged with 34 felony counts of falsifying business records stemming from three pre-election hush-money cases, prosecutors said. (Photo by Steven HIRSCH / POOL / AFP)
आफूविरुद्धका ३७ अपराध अभियोगको सामना गर्न डोनाल्ड ट्रम्प मायामीको अदालतमा दिउँसो ३ बजे उपस्थित हुने भएका छन् । उनीविरुद्ध शीर्ष गोप्य सरकारी कागजातहरू लुकाएको र राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोप लगाइएको छ। अमेरिकाको इतिहासमा पहिलो पटक डिपार्टमेन्ट अफ जस्टिसले पूर्व राष्ट्रपतिविरुद्ध लगाएको अभियोजनले महत्त्वपूर्ण जेल सजायको सम्भावना बोकेको छ।
ट्रम्प सोमबार दिउँसो ३ बजे फ्लोरिडामा आइसकेका छन् भने मंगलबार दिउँसो ३ बजे मायामीको संघीय अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।
गत हप्ता सार्वजनिक गरिएको ४९ पृष्ठको अभियोगमा ट्रम्पलाई ३७ वटा अपराधको आरोप लगाइएको छ, जसमा ३१ वटा अभियोग राष्ट्रिय प्रतिरक्षा जानकारीहरु जानाजानी आफूसँग राख्ने सम्बन्धमा थिए। अन्य आरोपहरूमा अवरोध गर्ने षड्यन्त्र र झूटा बयानहरू समावेश छन्।
ट्रम्पलाई २०२१ मा कार्यालय छोड्दा आफ्नो फ्लोरिडाको मार ए लागो रिसोर्टमा दर्जनौं संवेदनशील राष्ट्रिय सुरक्षा फाइलहरू गैरकानूनी रुपमा राखेको र जथाभावी गरेको आरोप लगाइएको छ । कागजातहरु फिर्ता गर्न अस्वीकार गरेको र कागजातहरु पुन प्राप्त गर्न खोज्ने अनुसन्धानकर्ताहरूलाई अवरोध गर्ने षड्यन्त्र गरेको अभियोग पनि ट्रम्पविरुद्ध छ ।

उनलाई सुरक्षा क्लियरेन्स नभएका मानिसहरूसँग संवेदनशील अमेरिकी गोप्य कुराहरू शेयर गरेको आरोप पनि लगाइएको छ, जुन ट्रम्पले पहिले सामना गरेको कुनै पनि भन्दा अभियोगभन्दा धेरै गम्भीर छ।
प्रमाणहरूमा कागजातका बक्सहरुका तस्विरहरू पनि समावेश छन् जुन राष्ट्रिय अभिलेखमा राख्नुपर्नेमा बलरूममा र ट्रम्पको समुद्र तटको घरमा शौचालय र नुहाउने ठाउँमा राखिएको थियो । अभियोजकहरूका अनुशार ट्रम्पले पछि कागजातहरू फिर्ता गर्ने सरकारी प्रयासहरूलाई अवरोध पुर्याउन खोजेका थिए, जसमा ट्रम्पसँगै अभियोग लगाइएको व्यक्तिगत सहयोगी वाल्ट नाउटालाई कागजात लुकाउन र बक्सहरू सार्न ट्रम्पले निर्देशन दिएका थिए ।
आज हुने पहिलो सुनुवाइका क्रममा न्यायाधीशले आरोपहरू व्याख्या गर्ने जनाइएको छ । फिंगरप्रिन्ट र हेडसट सामान्यतया प्रतिवादीहरूलाई न्यायाधीश समक्ष उपस्थित हुन अदालतमा पेश गर्नु अघि लिइन्छ। ट्रम्पले आरोप अस्वीकार गर्ने अपेक्षा गरिएको छ, जुन उनले पहिले हास्यास्पद भनिसकेका छन् ।
आरोपहरु प्रमाणित भएमा ट्रम्पलाई दशकौं लामो जेल सजाय हुन सक्छ। तिनीहरूमा जासुसी ऐनको उल्लङ्घन समावेश छ जसले रक्षा जानकारीको अनाधिकृत कब्जालाई अपराधीकरण गर्दछ । साथै न्यायमा बाधा पुर्याउने षडयन्त्रमा अधिकतम २० वर्षको जेल सजाय हुन्छ।
यद्यपी यी अभियोगले उनलाई राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक्दैन । उनी दोषी ठहरिए पनि पदभार ग्रहण गर्नबाट रोक्दैन। आपराधिक सजाय पाएका उम्मेदवारहरू विगतमा राष्ट्रपतिमा उम्मेदवार थिए। सन् १९२० मा यूजीन वी डेब्स र सन् १९९२ मा लिंडन लॉरॉचले जेलबाटै चुनाव लडेका थिए ।
ट्रम्पविरुद्ध न्यूयोर्क राज्यको अदालतमा एक अर्को मुद्दा पनि चलिरहेको छ । पोर्न स्टारलाई रकम भुक्तानीबाट उत्पन्न भएको उक्त मुद्दामा ट्रम्प अप्रिलमा न्यूयोर्कको अदालतमा हाजिर भएका थिए ।
कभर तस्वीरमा गत अप्रिलमा न्युयोर्कको अदालतमा ट्रम्प ।





