गोप्य कागजात बाथरुममा राखेको आरोप बारे के भन्छन् अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प ?


प्रकाशित मिति : जेष्ठ २८, २०८० आईतबार

गोप्य दस्ताबेजलाई आफ्नो बाथरुम र बल रुममा राखेको आरोपमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जवाफ दिएका छन् । शनिवार प्रचारका बेला दुई सभालाई सम्बोधन गर्दै उनले एफबीआई र न्याय विभागलाई भ्रष्ट बताउँदै यो सबै चुनावमा दखल दिनका लागि गरिएको बताएका छन् ।

जर्जियामा रिपब्लिकन पार्टीको पहिलो सम्मेलनमा बोल्दै उनले भने, ‘उनीहरुले धोका दिइरहेका छन् । उनीहरू दुष्ट र भ्रष्ट छन् । यी अपराधीलाई इनाम दिन सकिँदैन, उनीहरूलाई पराजित गर्नुपर्छ ।’

ट्रम्पलाई गोप्य दस्ताबेज गलत तरिकाले सम्हालेर राखेको आरोप लागेको छ जसमध्ये केही दस्ताबेज परमाणु हतियार र सैन्य योजनासँग सम्बन्धित छन् ।
उनीमाथि पटक पटक गोप्य कागजात मानिसलाई देखाएको र एजेन्सी अनुसन्धानका लागि आउँदा भ्रमित पारेको आरोप छ ।

ट्रम्पले यसअघि नै सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरिसकेका छन्, जसका लागि उनले चुनावी सभाहरूलाई सम्बोधन गरिरहेका छन् । उनले भने, ‘म कहिल्यै झुक्ने छैन, म कहिल्यै डराउने छैन ।’

अभियोगमा बोल्दै ट्रम्पले अति संवेदनशील कागजातलाई जासुसी अधिनियमको साटो राष्ट्रपति अभिलेख अधिनियम अन्तर्गत आउनुपर्ने बताए । अमेरिकाका राष्ट्रपति अभिलेख अधिनियम अन्तर्गत कार्यकाल पूरा भएपछि ह्वाइट हाउसको रेकर्ड राष्ट्रिय अभिलेखमा राखिन्छ ।

https://twitter.com/i/status/1667738424911220737

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com