दुई वर्षमुनिका बालबालिकालाई तातो हावा तथा ‘लू’बाट कसरी जोगाउने ? (टिप्स)


प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार

विगत केही सातादेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा पनि तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । तराई भू–भागमा, मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

विशेष गरी देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना बढिरहेको छ । यस्तो समयमा दुई वर्षमुनिका  बालबालिकालाई तातो हावा तथा लूबाट कसरी जोगाउने ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका सुझाबहरु :

स्तनपान गराइरहेका बालबालिकाका लागि स्तनपान गराइरहने ।

  ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने ।

घरमै बनाएको स्वस्थकर खानेकुरा खुवाउने ।

पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरि लगाइदिने ।

घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने, नहिँड्ने साथै शित्तलमा बसिरहने ।

  मौसमी तथा ताजा फलफूल राम्ररी धोइ पखाली गरि खुवाउने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com