बिपरजोय चक्रवात आगामी २४ घण्टामा तिव्र हुँदै, कहाँ कति असर पर्ला ?


प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार

मौसम पूर्वानुमान महाशाखाले चक्रवात विपरजोय आगामी २४ घण्टामा अझै तीव्र हुने जनाएको छ । अरब सागरमा आएको यो शक्तिशाली आँधीका कारण आज भारतको गुजरातको तटीय क्षेत्रमा यसको प्रभाव देखिएको छ । वलसाडको समुन्द्री किनारमा शक्तिशाली छालहरु उठिरहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार,  तिथल बीचलाई पर्यटकहरूका लागि जुन १४ सम्म बन्द गरिएको छ। जसका कारण जुन १४ सम्म सौराष्ट्र-कच्छ र गुजरातका अन्य भागमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । अर्कोतर्फ, गुजरातको तटीय क्षेत्रमा अलर्ट गरिएको छ र माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ।

अहिलेको अवस्था हेर्दा गुजरातमा चक्रवातको प्रत्यक्ष खतरा नरहेको तर स्थिति परिवर्तन भएमा प्रणालीलाई सतर्क गराइएको छ । मौसम विज्ञान विभागको मौसम मोडेलका अनुसार यो आँधी गुजरात हुँदै पाकिस्तानको तटतिर जाने सम्भावना छ । जबकि ECMWF को मौसम मोडेलले चक्रवात पाकिस्तानको तट र गुजरातको तट तर्फ सरेको देखाउँदै छ, अर्थात् यो सम्पूर्ण गुजरात हुँदै जानेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com