अमेरिकाको लागि उडेको एयर इन्डियाको विमान जब ४० घण्टा रुसमा रोकियो


प्रकाशित मिति : जेष्ठ २५, २०८० बिहीबार

white and red airplane under white clouds

न्यु दिल्लीबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको विमान रुसमा ४० घण्टा रोकिएको छ । एयर इन्डियाको विमान १७३ को इन्जिनमा समस्या भएपछि उक्त विमान रुसमा डाइभर्ट गर्नुपरेको हो । मस्कोदेखि हजारौं माइल पूर्वको मगादानमा उक्त विमान डाइभर्ट गरिएको थियो ।

विमानमा १६ जना चालक दलका सदस्यहरु थिए भने २ सय भन्दा धेरै यात्रुहरु सवार रहेका थिए । त्यसमा केही दर्जन अमेरिकनहरु समेत रहेको जनाइएको छ । अमेरिकाले यात्रा नगर्नका लागि सुझाव दिएको रुसमा कैयन अमेरिकन यात्रुहरु रोकिनुपरेकोमा चिन्तित भएका थिए ।

युक्रेनमा रुसी हस्तक्षेपपछि रुसले कैयन अमेरिकनहरुलाई सानातिना कारणमा समेत नियन्त्रणमा लिदै आएको छ । रुसले अमेरिकन र युरोपियन विमानहरुमा प्रतिबन्ध लगाएको अवस्थामा यो घटना भएको हो । युद्धको सुरुवातका दिनदेखि नै क्रेमिलिनले युरोपियन युनियन अन्तरगत र अमेरिकाका विमानहरुलाई आफ्नो आकाशमा उड्न रोक लगाएको थियो ।

रुसको प्रतिबन्धका कारण कैयन विमानहरुले फरक बाटो लिनुपरेको थियो । जसका कारण विमानहरुले लामो बाटो लिनुपर्दा समस्यामा परेका थिए । यद्यपी रुसका विमानहरुलाई पनि अधिकांश पश्चिमा देशका आकाशमा प्रतिबन्ध लगाइएको छ ।

रसियामामाथि पश्चिमा देशहरुले प्रतिबन्ध लगाएतापनि इन्डियाले भने अझैपनि रुसबाट हतियार र उर्जा खरिद गर्दै आएको छ । इन्डियन विमानहरु रुसको आकाशमा अहिलेपनि निरन्तर उडिरहेका छन् । रुसमा विमान रोकिएपछि यात्रुहरुलाई दुईभागमा विभाजन गरिएको थियो । बालबालिकासहितका यात्रुहरुलाई फरक समुहमा र बालबालिकाविनाका लागि फरक समुहमा राखिएको थियो ।

स्वयंसेवकहरुले यात्रुहरुलाई राम्रो व्यवहार गरेका थिए । यात्रुहरुले विनाभिसा परिसर छाड्न नसकेपनि स्वयंसेवकहरुले यात्रुहरुका लागि टुथब्रुस, चार्जर र खानेहरुहरु ल्याइदिएका थिए । स्वयंसेवकहरुले बढी उमेर भएकाहरुलाई पनि राम्रो व्यवहार गरेका थिए । खासगरी स्वास्थ्य समस्या भएकाहरुलाई उनीहरुले बढी हेरचाह गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com