क्यानडामा लागेको आगोको धुँवाका कारण न्युयोर्कका एयरपोर्टमा उडानहरूमा ढिलाइ
प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार
The Statue of Liberty, covered in a haze-filled sky, is photographed from the Staten Island Ferry, Wednesday, June 7, 2023, in New York. (AP Photo/Yuki Iwamura)
क्यानाडाको जंगलमा लागेको आगोको धुवाँ फैलिएपछि भिजिबिलिटी कम भएको भन्दै न्यूयोर्कको लागार्डिया एयरपोर्टमा उडानहरू ढिलाइ भएको छ । उडानहरु औषतमा ५४ मिनेटदेखि ९४ मिनेटसम्म ढिलो भएका छन् । क्यानाडाको जंगलमा लागेको आगोको धुवाँ उत्तरपूर्वी अमेरिकामा फैलिरहेको बेला संघीय उड्डयन प्रशासनले न्यूयोर्कको लागार्डिया एयरपोर्टको लागि उडानहरू ढिलाइ गरेको हो ।
संघीय उड्डयन प्रशासन बिहीबारको सुरुमा ग्राउन्ड स्टप रद्द गरेपछि ढिलाइ आएको हो। संघीय उड्डयन प्रशासनले कम भिजिबिलिटीको कारण देखाउदै ग्राउन्ड स्टप रद्द गरेको थियो । विहान पौने ८ बजेसम्म ग्राउन्ड स्टप रद्द गरिएको थियो । यस्तै ग्राउन्ड स्टप बुधबार जारी गरिएको थियो।

बिहीबारको लागि संघीय उड्डयन प्रशासनको सञ्चालन योजनाले न्युयोर्कदेखि शार्लोटसम्मको यात्रालाई सम्भावित रूपमा प्रभाव पार्ने धुवाँ देखिएको छ । यसले न्युयोर्कका तीन प्रमुख एयरपोर्टहरू, फिलाडेल्फिया, तीन वाशिंगटन एयरपोर्टहरू र शार्लोटलाई सूचीबद्ध गरेको छ । यी एयरपोर्टहरुमा बुधवार भएको जस्तै ग्राउन्ड स्टप वा ढिलाइको सम्भावना रहेको छ।
अमेरिकी एयरलाइन्सले बिहीबार बिहान ४७२ उडानहरू ढिलाइ गरेका छन् र तीमध्ये ५५ उडान रद्द गरेका छन्। धुवाँले सबैभन्दा बढी प्रभावित न्युयोर्कको जोन अफ केनेडी एयरपोर्टमा २७ र न्युजर्सीको नेवार्क लिबर्टी एयरपोर्टमा १३ ढिलाइ भएका थिए ।

अमेरिकी यातायात सेक्रेटरी पीट बुटाजजले क्यानाडाको जंगलमा लागेको आगोबाट निस्कने धुवाँले अमेरिकाको हवाई क्षेत्रको दृश्यतालाई असर गरिरहेको र उडानहरु ढिलाइ भइरहेको उल्लेख गर्दै आवश्यकता अनुसार सञ्चालन परिमार्जन गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।





