क्यानडामा लागेको खतरनाक जंगली आगोको धुवाँ न्युयोर्कमा फैलिरहँदा कसरी सुरक्षित रहने ?


प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार

क्यानाडाको जंगलमा लागेको डढेलोबाट निस्केको धुवाँले न्युयोर्क सिटीमा वायुको गुणस्तर अत्यन्तै खराब बनाएको छ । जसका कारण स्कूलका बच्चाहरूका लागि स्कूल गतिविधिहरू रद्द गरियो भने न्युयोर्क धुवाको गन्धले भरिएको छ ।

न्युयोर्क सिटीमा वायु गुणस्तर सूचकांक ४८४ पुग्यो, जुन न्युयोर्कमा अहिलेसम्मकै उच्च हो । यो सुचकांकको स्कोर जति उच्च हुन्छ, हावाको गुणस्तर त्यति नै खराब हुन्छ। बुधवार दिउँसो अवस्था बिग्रँदै गएपछि फेडरल एभिएसन एडमिनिस्ट्रेशनले कम भिजिबिलिटीका कारण न्युयोर्कको लागार्डिया एयरपोर्टमा उडानहरू रद्द गरेको थियो । पार्क विभागका अनुसार बुधबार दिउँसो ३ बजे सार्वजनिक शहरका समुद्र तटहरू पनि बन्द गरिएको थियो।

वायुमण्डलमा धुवाँले ल्याएको रसायन र कणहरूले फोक्सो, मुटु र अन्य अंगहरूलाई क्षति पुर्‍याउन सक्ने चेतावनी दिइएको छ । यदि तपाईं कमजोर वा संवेदनशील समूहमा हुनुहुन्छ भने तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। वृद्धहरू, बालबालिकाहरू र श्वासप्रश्वास, मुटु वा अन्य स्वास्थ्य समस्या भएका मानिसहरूले यसलाई थप गम्भीरतापूर्वक लिनुपर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तो अवस्थामा घर भित्र बस्न र कुनै पनि लक्षणहरू देखा पर्दा निगरानी गर्न स्वास्थ्य अधिकारीहरूले सुझाव दिएका छन् । गर्भवती व्यक्ति, बालबालिका, वृद्धवृद्धाहरू, दम वा अन्य दीर्घकालीन फोक्सो र श्वासप्रश्वासको अवस्था भएकाहरूलाई जोखिम बढी हुन्छ। कणिक पदार्थको एक्सपोजरले मुटु र फोक्सोका रोगहरू बिग्रन सक्छ भने दमको आक्रमण र हृदयघात समेत हुन सक्छ।

सबै न्युयोर्कका बासिन्दाहरुलाई बाहिरी गतिविधि सीमित गर्न चेतावनी दिइएको छ । सिटीका स्वास्थ्य आयुक्त अश्विन वासनले पूर्ण रूपमा आवश्यक नभएसम्म बाहिर ननिस्कन चेतावनी दिएका छन् । बाहिर काम गर्नु परेमा मास्क लगाउन सुझाव दिइएको छ । काम गर्दै भएपनि वा हिड्दै भएपनि उच्च गुणस्तरको मास्क लगाउन सुझाव दिइएको छ ।

त्यस्तै बाहिर व्यायाम नगर्न सुझाव दिइएको छ । बाहिरको कडा गतिविधिले स्वस्थ मानिसहरूका लागि पनि संक्रमण, थकान, आँखा, नाक वा घाँटीमा जलन जस्ता लक्षणहरू निम्त्याउन सक्छ।

यदि तपाइँ आफ्नो एयर कन्डिसनर चलाउनुहुन्छ भने फिल्टर सफा र राम्रोसँग काम गरिरहेको छ भनी सुनिश्चित गर्नुपर्छ । अन्यथा एयर कन्डिसनर सफा नगरी बाहिरबाट फोहोर हावामा उडिरहेको हुन सक्छ, जसले तपाईंलाई कुनै पनि मद्दत गर्दैन। बहुसंख्यक एयर कन्डिसनरहरूले बाहिरको हावा भित्र ल्याउदैनन्। उनीहरूले भित्री हावा घुमाएर यसलाई चिसो पार्छन् ।

वातावरण संरक्षण एजेन्सीसँग धुवाँयुक्त अवस्थाहरूमा एयर कन्डिसनर प्रयोग गर्ने बारे थप सुझावहरू छन् । आफ्नो झ्याल नखोल्न तथा हावाको गुणस्तर खराब भएको अवस्थामा आफ्नो झ्यालहरू सकेसम्म सिल र बन्द राख्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com