क्यानडामा लागेको आगोको कारण न्युयोर्कको वायुको गुणस्तर विश्वकै खराब, अहिलेसम्म के थाहा छ?


प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार

क्यानाडाको जंगलमा लागेको आगोको धुवाका कारण न्युयोर्क सिटीको वायुको गुणस्तर विश्वको सबैभन्दा खराब स्तरमा पुगेको छ । खतरनाक धुवाँले अमेरिकाको उत्तरपूर्वको धेरैजसो आकाशलाई घेरेको छ भने कम्तिमा १६ राज्यहरूमा गम्भीर वायु गुणस्तर सतर्कताहरू बढाएको छ। क्यानडाका अधिकारीहरूले आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेको बताएका छन्। हालसम्म यो यो सिजनमा क्यानडामा ८ दशमलव ७ मिलियन एकड भन्दा बढी जलेको देखेको छ, जुन क्षेत्र भर्मन्ट राज्य भन्दा ठूलो हो ।

जंगली आगोको धुवाँमा पीएम २ दशमलव ५ भनिने सूक्ष्म कणहरू हुन्छन्, जुन सूक्ष्म वा तरल थोपाहरू हुन् । प्रायः मानव कपालको व्यास भन्दा ३० गुणा सानो गणहरु सास फेर्दा भित्र प्रवेश गर्ने भएकाले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिइएको छ । एयर क्वालिटी इन्डेक्स १०० नाघेपछि पीएम २ दशमलव ५ लाई कोड ओरेन्ज र संवेदनशील समूहहरूका लागि अस्वस्थ मानिन्छ । इन्डेक्सले १५० पार गरेपछि, यसलाई कोड रेड मानिन्छ, जसमा सवैले स्वास्थ्य प्रभावहरू अनुभव गर्न सक्छन् भने संवेदनशील समूहहरूले थप गम्भीर प्रभावहरू अनुभव गर्न सक्छन् ।

बुधबार दिउँसो न्युयोर्क सिटीको एयर क्वालिटी इन्डेक्स ४८४ पुगेको थियो । जुन अहिलेसम्मकै नयाँ रेकर्ड हो । ३ सय भन्दा माथि कुनै पनि एन्डेक्स खतरनाक मानिन्छ । भोलि केही सुधार हुने अपेक्षा गरिएपनि १५० भन्दा माथिको इन्डेक्स समेत खतरनाक मानिन्छ । न्युयोर्क सिटीका मेयर एरिक एडम्सले सबै बाहिरी कार्यक्रमहरू बिहीबारका लागि रद्द गरेका छन् भने अरुलाई पनि रद्द गर्न आग्रह गरेका छन् ।

बिहिबार न्युयोर्कमा एक मिलियन एन ९४ मास्कहरू वितरण गरिने गभर्नर क्याथी होकुलले बुधबार घोषणा गरेकी छिन् । अधिकारीहरूले ४ लाख मास्कहरु ट्र्रेन स्टेशन, बस टर्मिनल, पार्क र जाभिट सेन्टरमा वितरण गर्नेछन् । ६ लाख मास्कहरु न्युयोर्क राज्यको होमल्याण्ड सुरक्षा र आपतकालीन सेवाहरूमा उपलब्ध हुनेछन् । क्यानडाको जंगलमा लागेको आगोको धुवाँका कारण होकुलले पनि न्युयोर्कवासीहरूलाई भित्रै बस्न आग्रह गरेकी छिन् ।

हावाको गुणस्तर बिग्रेपछि न्युजर्सीका सरकारी कार्यालयहरु बुधबार छिटो बन्द गरिएको गभर्नर फिल मर्फीले घोषणा गरेका छन् । अहिले अमेरिकाको मध्यपश्चिम, उत्तरपूर्व र दक्षिणपूर्व भागहरूमा करिब ७५ मिलियन मानिसहरू वायु गुणस्तर सतर्कता अन्तर्गत छन् । धुवाँ न्युयोर्क, बोस्टन, वाशिंगटन डीसी, शार्लोट डेट्रोइट र इन्डियानापोलिस जस्ता शहरहरूसम्म फैलिएको छ ।

पूर्वानुमान अनुसार बिहीबार बिहानसम्म डेलावर, मेरील्याण्ड, उत्तरी भर्जिनिया र देशको राजधानीले केही खराब हावाको गुणस्तर सामना गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com