बेलायतमा मृत्यु भएकी २१ वर्षीया नेपाली विद्यार्थीको अन्त्येष्टिका लागि झण्डै १५ लाख संकलन


प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार

पढ्न यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि उल्लेख्य चन्दा संकलन भएको छ ।

एनआरएनए यूकेले सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन अनुरोध भए लगत्तै चन्दा आव्हान गरेको थियो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको मृत्यु भएको गत १० मे बाटै अभियान शुरु गरिएपछि स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ७ संस्थाले कुल ९,१४२.३६ (करिब १५ लाख रुपैयां) प्रदान गरेका जनाए ।

तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, ब्रिटिश गोर्खा एन्ड नेपलिज क्याट्रिक कम्युनिटीबाट ७१८. ९९, गोर्खा अभियन्ता पिटर गुरिङले ३१९ पाउन्ड, क्षेत्री समाज यूकेले १०१, सिर्जनशील नेपाली समाज यूके २२०, किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले २१ मेको एनआरएनए यूके विशेष महाधिवेशनमा २६५ पाउन्ड दिएका थिए ।

संकलित रकम परिवारलाई बेलायतमै हस्तान्तरण गरिने पनि गाहामगरले बताए । अध्यक्ष गाहामगरले सहयोगदाता सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

सदीक्षाको शव नेपाल लगेर धार्मिक परम्परा अनुसार अन्त्येष्टी गर्ने परिवारको चाहना थियो । तर उनमा भएको भाइरसका कारण अस्पतालले अन्तर्राष्ट्रिय उडानमा शव लैजान नमिल्ने बताएपछि अन्त्येष्टी बेलायतमै गर्न लागिएको छ । आउंदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल सर्भिसको कार्यक्रम तय भएको हो ।

तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङ र महासचिव मणी तामाङले अन्त्येष्टीमा संयोजन गरिरहेका छन् ।

एनआरएनए यूकेले छोरीको अन्त्येष्टीमा आउन सदीक्षाका बुबा कृष्णकुमार थोकर तामाङको सबै कागजात मिलाएको छ ।

निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो । सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।

ऋृण जोरजाम गरी झन्डै २० लाख खर्चेर पढ्न बेलायत आएकी सदीक्षाले अकालमै ज्यान गुमाउनु परेपछि न्यून आयस्तर भएको उनको परिवार थप प्रताडित छ ।

वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदीक्षाका बाबु कृष्णकुमार थोकर लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com