पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते


प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप  दुर्घटना भएको हो ।
दुर्घटनामा  १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताउनुभयो । घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताउनुभयो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन् । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com