बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना


प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ ।

‘हामी अरूमा निर्भर हुने छैनौं। कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन,’ हसिनाको योटिप्पणी शनिबार युनाइटेड न्युज अफ बङ्गलादेशले उद्धृत गरेको छ।

नयाँ नीति अन्तर्गत बङ्गलादेशका वर्तमान र पूर्व अधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू, र कानून प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ ।

उता यो नीति बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री हसिनाले बङ्गलादेशमा अर्को आम चुनाव अवामी लिग सरकार अन्तर्गत हुने कुरा स्पष्ट गरिसक्नु भएको छ । अब चुनाव सन् २०२४ को प्रारम्भमा हुनेछ ।
हालको सरकारले पूर्व प्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नु पर्ने आँकलन हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com