भारतको ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी


प्रकाशित मिति : जेष्ठ २०, २०८० शनिबार

This frame grab taken from AFPTV video footage on June 2, 2023 shows flipped over train carriages after a three-train collision near Balasore, about 200 kilometres (125 miles) from Bhubaneswar, capital of eastern India’s Odisha state. At least 207 people were killed, more than 850 more were injured and many others are feared trapped after a horrific three-train collision late on June 2, 2023. (Photo by AFPTV / AFP)

ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । बेंगलुरु-हावडा एक्सप्रेस र शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेस – र बालासोरमा मालबाहाक रेल दुर्घटना भएको दक्षिण पूर्वी रेलवेले शनिबार जनाएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार २३८ जनाको मृत्यु भएको छ भने लगभग ६५० घाइते भएका छन् । घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा उपचार भइरहेको छ । सर एम विश्वेश्वराया (बेंगलुरु)–हावडा एक्सप्रेसले १२ ८६४ जना यात्रु बोकेको थियो भने सुपरफास्ट एक्सप्रेसले १००० यात्रु लिएर हावडातर्फ गइरहेको थियो।

 

त्यसैगरी करिब २०० यात्रु बोकेको एउटा विशेष ट्रेन दुर्घटनामा फसेको र अहिले बालासोरबाट हावडाको लागि प्रस्थान गर्दैछ । खड़गपुर स्टेशनमा यात्रुहरूलाई पानी, चिया र खानाका प्याकेटहरू उपलब्ध गराइँदैछ। हावडा जाने बाटोमा रहेको बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेसका थुप्रै डिब्बा पटरीबाट खसेर नजिकैको ट्र्याकमा अड्केका छन्।
शालिमार-चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस समानान्तर ट्र्याकमा विपरीत दिशाबाट आउँदै गरेको डिब्बामा ठोक्किएको थियो।कोरोमण्डल एक्सप्रेस कोच पटरीबाट खसेर तेस्रो ट्र्याकमा रहेको स्टेशनरी मालगाडीमा ठोक्किएको बताइएको छ ।

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर उद्धार कार्यको निरीक्षण गर्नु भएको छ । घटनाको उच्च स्तरीय छानबिन आयोग गठन गरेर छानबिन गरिने र रेल सुरक्षा आयुक्तले पनि स्वतन्त्र छानबिन गर्ने, वैष्णवले शनिबार बताउँनु भएको छ । रेलवे प्रवक्ता अमिताभ शर्माका अनुसार शुक्रबार साँझ ७ बजे उक्त दुर्घटना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com