भगवानको नाममा पद तथा गोपनीयताको शपथ लिन नमान्ने प्रचण्ड पुगे महाकालको शरणमा


प्रकाशित मिति : जेष्ठ २०, २०८० शनिबार

प्रधानमन्त्री हुँदा भगवानको नाममापद तथा गोपनीयताको शपथ लिन नमान्ने पुष्पकमल दाहाल प्रचण्डले मध्यप्रदेशको उज्जैनस्थित श्री महाकालेश्वर मन्दिरमा भगवान शिवको पूजा–आराधना गरेका छन् । ‘भारतको ४ दिने औपचािरक भ्रमणमा रहेका पुष्पकमल दाहाल प्रचण्ड’ ले मध्य प्रदेश राज्यको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन्।

पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने प्रचण्डको यो कदमको आलोचना गरेका छन् । उनले प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘हामी कता जाँदै छौँ, देश कता जाँदै छ ?’ भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार दिउँसो मन्दिरमा पुगेका प्रम प्रचण्डले भ्रमण टोलीका सदस्यहरु परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाश शरणमहत र उद्योगमन्त्री रमेश रिजाल तथा छोरी गंगाका साथमा पूजाआजा गरेका हुन्। पूजामा भ्रमण दलमा रहेका सरकारका अन्य सदस्यह पनि सहभागी थिए।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

महाकाल मन्दिरमा पूजा गर्दा प्रचण्डले केसरको शाल ओडेर निधारमा चन्दनको टिका लगाएका थिए । उनी धेरै घण्टा महाकाल मन्दिरमा बसे । यस भ्रमणका सन्दर्भमा प्रचण्डले इन्दौरको फोहोर व्यवस्थापनबारे बुझेको र पूजापछि सबै धर्मलाई सम्मान गर्ने बताए । भगवा लुगा लगाएकोमा उनले यो मन्दिरको नियम हो जसलाई आफुले मात्र पालन गरेको बताए ।-एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com