ब्याक टू नेपालको सन्देश लिएर अमेरिकाका ५० राज्यहरूमा पुग्दै पुष्कर शाह, एटलान्टाबाट सुरु


प्रकाशित मिति : जेष्ठ १९, २०८० शुक्रबार

ब्याक टू नेपालको सन्देश लिएर अमेरिकाका ५० राज्यहरूमा पुग्न विश्व साइकल यात्री पुष्कर शाहले एटलान्टास्थित मार्टिन लूथर किंग सेन्टरबाट साइकलयात्रा सुरु गरेका छन् । महात्मा गान्धीको सालिक अघिल्तिर उभिएर स्वाभिमान नेपालको परिवर्तनका निमित्त संकल्प गर्दै अमेरिकाको एटलान्टाबाट ब्याक टू नेपाल अभियान प्रारम्भ भएको प्रेम बानियाले जानकारी दिए ।

मातृभूमि नेपाल यतिवेला इतिहासकै एक कठीन समयमा गुज्रिरहेको तथा चरम राजनीतिक अस्थिरताका कारण देशको आर्थिक, सामाजिक र चारित्रिक संकट निकै गहिरिएको कारण यो अभियान सुरु गर्नुपरेको जनाइएको छ । देशको कार्यपालिका, न्यायपालिका र संसदीय अंगहरु अत्यन्त कमजोर र डरलाग्दो असन्तुलनमा रहेको तथा लाखौंलाख युवाशक्ति परदेशिएको छ र देशभूमि बाँझै रहेको अवस्थामा चाहेर पनि यो अत्यासलाग्दो जनशक्ति पलायन कसैले कहिँबाट रोक्न नसकेको अभियानले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियानले भनेको छ -‘देशको आर्थिक अवस्था अत्यन्त कमजोर बन्दा यसले चौतर्फी असर गाडेको छ । इतिहासमा यस्तो अकल्पनीय समय पनि आयो मुलुकमा कि आफ्ना सन्तानहरुलाई विदेश पठाएर तिनले पठाएको रेमिट्यान्सबाट घरखर्च चलाउनु पर्ने परिस्थिती छ ! सन्तानलाई स्वदेशमै कर्म दिन नसकेर खर्च चलाउन अर्काको देश धकेल्नुपर्ने यति डरलाग्दो समय शायदै इतिहास थियो । यस्तो समय अझ धेरै वर्ष लम्बियो भने देशले कल्पना नै गर्न नसक्ने गरी आफ्ना सन्तानहरुलाई गुमाउने छ र देश पुनर्निमाणको सम्भावना अत्यन्त कमजोर हुनेछ ।’

त्यसैले समयमै सचेत भएर आफ्नो मातृभूमिका लागि यो पहलकदमी लिएको भन्दै संसारका हरेक कुनामा रहेका नेपाल आमाका सन्तानहरुलाइ नेपाल फर्कन आव्हान गरिएको छ । आआफ्ना फरकफरक परिस्थिती, बाध्यता र रहरले लाखौं नेपालीले देश छाडेपनि यो परिस्थितीलाई कसैनकसैले आफ्नो जिम्मेवारी मानेर देशरक्षार्थ एक ऐतिहासिक अठोट गर्न जरुरी भएकाले यो अभियान चलाइएको जनाइएको छ ।

अभियानले भनेको छ -‘छरिएर रहेका आफ्ना सन्तानहरुलाई आह्वान गरेर एक पटक मातृभूमि निर्माणमा नलगाउने हो भने देश कहिल्यै बन्दैन । सके सन्तानहरु स्वदेश फर्किउन्, सकेनन् यदि भने तिनले के सक्छन् त्यही स्वदेश फर्काउने पवित्र संकल्प हो यो अभियान । ब्याक टू नेपाल आह्वान गर्दछ विदेशमा सिकेको सिप, शिक्षा, प्रविधि, लगानी के सकिन्छ त्यो स्वदेश फर्काउँ । देशप्रतिको माया फर्काउँ, देशप्रतिको सम्मान फर्काउँ, सिप, शिक्षा, ज्ञान, विवेक, जे छ तपाईंसँग त्यसलाई फर्काउँ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com