२०२३ मा अमेरिकामा घुम्ने स्थानमा न्युयोर्क सिटी पहिलो नम्बरमा


प्रकाशित मिति : जेष्ठ १९, २०८० शुक्रबार

Time Square, New York during daytime

सर्वेक्षणले २०२३ मा अमेरिकामा घुम्ने स्थानमा न्युयोर्क सिटीलाई पहिलो नम्बरमा राखेको छ । नयाँ सर्वेक्षणले यस समरमा अमेरिकामा न्युयोर्क सिटीलाई नम्बर १ यात्रा गन्तव्यको रूपमा स्थान दिएको हो ।

अमेरिकन एक्सप्रेस ट्राभलले फेब्रुअरीमा ८ हजार यात्रुहरूको अनलाइन पोल प्रयोग गरेर शहरहरूको श्रेणी निर्धारण गरेको हो । लस भेगास, लस एन्जलस, सियाटल र सान फ्रान्सिस्को वरियतामा शीर्ष पाँचमा परेका छन्।

panoramic photography of Brooklyn Bridge

सर्वेक्षणमा यात्रुहरूले कम ज्ञात गन्तव्य पत्ता लगाउन चाहेको बताएका थिए । त्यस्तै स्थानीय समुदायलाई सहयोग गर्न चाहेको बताएका थिए । ८५ प्रतिशतले २०२३ मा २ वा त्योभन्दा धेरैवटा घुमफिर गर्न चाहेको बताएका थिए भने ८९ प्रतिशतले पहिले कहिले पनि नगएको ठाउमा जान चाहेको बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com