अमेरिकी राष्ट्रपति जो बाइडेन ठोक्किएर मञ्चमा लडे, ह्वाइट हाउसले वक्तव्यमा के भन्यो ? (भिडियो)


प्रकाशित मिति : जेष्ठ १८, २०८० बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा लडे उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको झोलासँग ठोक्किएर लडेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन लडेपछि त्यहाँ उभिएका सुरक्षाकर्मीले उनलाई उभिन मद्दत गरे । तर, त्यसपछि उनी बिना कुनै सहयोग आफ्नो सिटमा पुगे । बिडेन एकेडेमी स्नातकको अगाडि भाषण दिन आएका थिए। उनले ९० मिनेटभन्दा बढी समय बिताउने हजारौं क्याडेटहरुलाई बधाई तथा प्रमाणपत्र वितरण गरे ।

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले अमेरिकी राष्ट्रपति पूर्ण रुपमा स्वस्थ रहेको बताएका छन् । ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक रूपमा झुक्किएको यो पहिलो पटक भने होइन।

उनी यसअघि पनि साइकलबाट लडेका थिए । बाइडेनका आलोचकहरूले उनको बढ्दो उमेरका कारण उनको क्षमताको बारेमा लगातार शंकाहरू खडा गरिरहेका छन् ।

तर बिडेनले फेरि चुनाव लड्ने घोषणा गरेका छन् । यसपटक उनले चुनाव जिते भने ८२ वर्षको उमेरमा अमेरिकी राष्ट्रपतिको सपथ लिनेछन् ।

अमेरिकाको आयोवा प्रान्तमा आयोजित एक र्‍यालीका क्रममा ७६ वर्षीय पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो खबर पाएपछि आश्चर्य व्यक्त गर्दै सोधे, ‘के उनी साँच्चै लडेका थिए ? यसपछि उनले भने, ‘मलाई आशा छ उसलाई चोट लागेको छैन । यसमा धेरै होसियार हुनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com