अमेरिकाका बस्ने नेपालीबाट गैर आवासीय नेपाली नागरिकता समेटिएको विधेयक प्रमाणीकरणको स्वागत


प्रकाशित मिति : जेष्ठ १७, २०८० बुधबार

अमेरिकाका बस्ने नेपालीहरुले गैर आवासीय नेपाली नागरिकता नागरिकता समेटिएको विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि गैरआवासीय नेपालीहरुले पनि एनआरएन नागरिकताका पाउने भएकाले यसको स्वागत गरेका हुन् ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले वक्तव्य जारी गरेर विधेयक प्रमाणीकरणसँगै विदेशमा रहेका आम नेपालीले उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको अधिकारको सुनिश्चितता भएको साथै विदेशमा बस्ने नेपालीको हक,अधिकार तथा सदैव नेपाली हुने कानुनी आधारका लागि समेत बाटो खुलेको बताएका छन् । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको आर्थिक,सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाको लागि ऐतिहासिक उपलब्धिको दिन भएको बिष्टले उल्लेख गरेका छन् ।

गैरआवासीय नेपाली संघको गैरआवासीय नेपाली नगरिकता कार्यदल संयोजक तथा गैरआवासीय नेपाली संघको निवर्तमान उपाध्यक्ष सोनाम लामाले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद दिदै गैरआवासीय नेपालीहरुको दशकौं लामो प्रयासपछि नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था हुन सकेको बताएका छन् । त्यसलाई ऐन बिनाउने पहलमा लामो समय देखि गैरआवासीय नेपाली संघको तर्फबाट आफू नागरिकताको निरन्तरता कार्यदलको नेतृत्व गर्दै आएको उल्लेख गर्दै उनले बिधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति, नेपाल सरकार र संघिय संसदप्रति आभार प्रकट गरेका छन् ।

त्यस्तै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले वक्तव्य जारी गरेर नागरिकता विधेयक प्रमाणीकरणसँगै एक पटकको नेपाली सधैको नेपाली भन्ने मूलमन्त्रले सार्थकता पाएको उल्लेख गरेका छन् । आगामी दिनमा बन्ने नियमावलीमा समेत गैर आवासिय नेपाली नागरिकताको प्राप्ती, नेपालमा रहेको सम्पत्ति सम्बन्धी सहज प्रावधान समावेश गराउनका लागि अझ पहल गर्नु पर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएन अभियन्ता अर्जुन बन्जाडेले एनआरएन नागरिकता लिनका लागि सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण बुझाउनुपर्ने प्रावधान दुख दिने नियतको रहेको बताएका छन् । अमेरिकामा नागरिकता लिँदा नेपालको नागरिकता परित्याग गर्नु नपर्ने भएकाले अमेरिकी नागरिकता लिएका व्यक्तिहरूको लागि नेपाली नागरिकता परित्याग गरेको प्रमाण पत्र कहाँ बाट ल्याउने स्पस्ट नभएको उनले उल्लेख गरेका छन् । गैर आवासीय नेपाली संघको माग नागरिकताको निरन्तरता नै रहेको तर अहिलेलाई गैर आवासीय नागरिकता पनि नहुनु भन्दा केही भएको उनको भनाई छ ।

एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर पूर्वअध्यक्ष रामहरी अधिकारीले गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने बिधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएकोमा सबैलाई बधाई ज्ञापन गर्दै यस अभियानलाई सार्थकता प्रदान गर्न अभियानमा जोडिने सम्पूर्ण अभियान्तालाई धन्यवाद दिएका छन् । बाँकी अधिकार प्राप्तीका लागी निरन्तर खबरदारी गरिरहने उनले उल्लेख गरेका छन् ।

अमेरिका निवासी चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलले विधेयक प्रमाणिकरणलाई ऐतिहासिक कदम भन्दै अब देश भित्र र बाहिर कुनै नेपाली अनागरिक नरहने बताएका छन् । विधेयक प्रमाणीकरणले गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको बताउँदै उनले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउने भन्दै खुशी व्यक्त गरेका छन् ।

त्यस्तै संचारकर्मी कृष्ण केसीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद दिएपनि संबिधान रआम गैरआवासीय नेपालीको माग अनुसार नआएको बताएका छन् । जे सुकै भएपनि अब एक तहमा के पुग्यो के पुगेन भन्ने बहसको बिषय सुरु भएको तथा थोरै भएपनि प्राप्त भएको उल्लेख गर्दै उनले शुन्यमा एक भएको तथा अब ९९ बाँकी रहेको जनाएका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com