जम्मुमा बस दुर्घटना,७ जनाको मृत्यु, १२ घाइते


प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार

जम्मुमा मंगलबार बिहान एउटा बस खाडलमा खस्दा सात जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटलीको गहिरो खाडलमा खसेको थियो ।

उद्धार र राहत कार्यमा संलग्न एक सीआरपीएफ अधिकारी अशोक चौधरीले एएनआईलाई भने, ‘हामीले बिहान दुर्घटनाको जानकारी पाएपछि तुरुन्तै हाम्रो टोली यहाँ पुग्यो र उद्धार कार्य सुरु गर्‍यो। शवहरू बाहिर निकालियो। घाइतेहरू अस्पताल लगिएको छ।’ उद्धार कार्य जारी छ। प्रहरी टोली पनि हामीसँगै छ। कटरा जाँदै गरेको बसमा बिहारका मानिसहरू रहेको बताइएको छ।

दुर्घटनामा सामान्य घाइते भएका अन्य १२ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । सोही क्रममा गम्भीर घाइते ४ जनालाई सरकारी मेडिकल कलेज र अस्पताल लगिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com