मलेसियाले किन समात्यो चिनियाँ जहाज ? ३२ चालक दलका सदस्य हिरासतमा


प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार

मलेसियाले चीनबाट आएको बल्क क्यारियर जहाजलाई नियन्त्रणमा लिएको छ । जहाजका चालक दललाई पनि मलेसियाली प्रहरीले सोधपुछ गरेको छ । मलेसियाली सामुद्रिक अधिकारीहरूले तोपका गोलाहरू चीनमा दर्ता भएको बल्क क्यारियर जहाजबाट बरामद भएको बताएका छन्। जहाज अनुमति बिना मलेसियाको जलक्षेत्रमा लंगरमा राखिएको थियो। चीन र मलेसियाबीच साउथ चाइना सीको समुद्री सीमालाई लिएर विवाद छ ।

मलेसियाले चीनको सीमा दावीलाई अस्वीकार गर्दै आएको छ। यसका बाबजुद पनि चिनियाँ पानीजहाजले मलेसियाको जलक्षेत्रमा घुसपैठ गरिरहेको छ । मलेसियाले पनि चिनियाँ पानीजहाजको घुसपैठलाई लिएर चीनसँग पटकपटक आधिकारिक विरोध गरेको छ।

केही दिन अघि मलेसियाको तटमा दोस्रो विश्वयुद्धमा डुबेका दुई बेलायती जहाजको भग्नावशेष खोजी दलहरूले चोरेको खबर आएको थियो। यी दुई ब्रिटिश जहाजको नाम एचएमएस प्रिन्स अफ वेल्स र एचएमएस रिपल्स थियो। यी दुवै जहाजलाई पर्ल हार्बरमा भएको विनाशकारी हवाई आक्रमणको तीन दिनपछि १९४१ मा जापानी टार्पेडोले डुबेका थिए।

बेलायती रक्षा मन्त्रालयले पनि समुद्रको तल्लो भागमा डुबेका जहाजको भग्नावशेषको चोरीको निन्दा गरेको छ। म्युजियमले व्यक्तिगत लाभका लागि दुईवटा जहाजको तोडफोडप्रति दुःखी र चिन्तित भएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३२ चालक दलका सदस्यहरू हिरासतमा

मलेसियाको सामुद्रिक प्रवर्तन एजेन्सी (MMEA) ले आइतबार मलेसियाको दक्षिणी जोहोर राज्यको समुन्द्रमा नियमित निरीक्षणको क्रममा चीनमा दर्ता भएको जहाज फुझोउ र ३२ जना चालक दलका सदस्यहरूले लंगर लगाउने अनुमति लिन असफल भएको बताएको छ। थप अनुसन्धानपछि अधिकारीहरूले जहाजमा स्क्र्याप मेटल र तोपका गोला फेला पारे। गोलाहरू गत हप्ता जोहर जेट्टीमा प्रहरीले पत्ता लगाएको दोस्रो घटनासँग जोडिएको थियो। उक्त बरामदमा पनि प्रहरीले दोस्रो विश्वयुद्धका कैयौं जीवित तोपहरू फेला पारेको थियो।/सांकेतिक फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com