अमेरिकी सिनेटर लिन्डसे ग्राहमलाई पक्राउ गर्न रुसबाट वारेन्ट जारी, ग्राहमले व्यक्त गरे खुशी


प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार

रुसको आन्तरिक मन्त्रालयले सोमबार युक्रेनमा भएको लडाइसँग सम्बन्धित टिप्पणी गरेपछि अमेरिकी सिनेटर लिन्डसे ग्राहमलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटको भिडियोमा साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमले रूसीहरू मर्दै गरेको र युक्रेनमा भएको अमेरिकी सैन्य सहयोगलाई अमेरिकाले सबैभन्दा राम्रो ठाउामा खर्च गरेको रकम भएको बताएका थिए ।

जेलेन्सीको कार्यालयले सार्वजनिक गरेको भिडियोमा ग्राहमले कुराकानीको विभिन्न भागहरूमा टिप्पणी गरेको देखिएको छ । युक्रेनको राष्ट्रपति कार्यालयको छोटो भिडियोले रुसमा आक्रोश निम्त्याएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यस्ता सिनेटरहरू हुनु देशको लागि ठूलो लज्जाको विषय भएको बताएका थिए ।

रुसको शीर्ष आपराधिक अनुसन्धान एजेन्सी अनुसन्धान समितिले ग्राहम विरुद्ध आपराधिक अनुसन्धान खोलेको छ । त्यसपछि रुसको गृह मन्त्रालयले उनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको वान्टेड आपराधिक संदिग्धहरूको आधिकारिक रेकर्डले देखाएको छ । रुसले आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका २०० भन्दा बढी अमेरिकी सांसदहरुमध्ये ग्राहम एक हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्राहमले ट्वीटरमा टिप्पणी गर्दै युक्रेनप्रतिको आफ्नो प्रतिबद्धताले पुटिनलाई रिस उठेको थाहा पाउँदा ठूलो आनन्द मिलेको बताएका छन् । उनले हरेक रुसी सैनिकलाई युक्रेनी भूभागबाट निष्कासन नगरेसम्म युक्रेनप्रतिको समर्थन जारी रहने बताएका छन् । पुटिनको भ्रष्ट र अनैतिक सरकारले जारी गरेको गिरफ्तारी वारेन्टलाई सम्मानको प्रतीकको रूपमा लगाउने उनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com