श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने


प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार

श्रीलङ्काका साप्ताहिक रूपमा प्रदान गर्दै आएको इन्धन कोटा बढाउँने भएको छ । ऊर्जा मन्त्री कञ्चना विजेसेकराले बढेको नयाँ इन्धन कोटा मे ३० मध्यरातबाट उपलब्ध हुने बताउनुभएको छ ।

नयाँ योजना अन्तर्गत तीन पाङ्ग्रे सवारीहरूले प्रति हप्ता २२ लिटर (१५ लिटर बाट माथि) सम्मको इन्धन किन्न सक्नेछन् भने मोटरसाइकलले १४ लिटर (७ लिटरबाट माथि) किन्न सक्नेछन् ।

त्यसैगरी बसहरूले १२५ लिटर (६० लिटरबाट माथि), कार ४० लिटर (३० लिटरबाट माथि), र अन्य भूमिगत सवारीहरूले ४५ लिटर (२५ लिटरबाट माथि) किन्न सक्नेछन् । यसै बीच लरीहरूले १२५ लिटर (७५ लिटरबाट माथि) किन्न सक्नेछन् भने क्वाड्रिसाइकलहरूले १४ लिटर (६ लिटरबाट माथि) किन्न सक्नेछन् । विदेशी मुद्रा सञ्चिति अभावका कारण इन्धनको अभाव भएपछि श्रीलङ्काले सन् २०२२ को मध्यदेखि इन्धन खपतमा मितव्यिता अपनाउँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com