अमेरिकामा ऋणको सीमा बढाउन “सैद्धान्तिक सम्झौता”
प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार
NEW YORK, NEW YORK – JANUARY 31: U.S. President Joe Biden gives a speech on infrastructure at the West Side Yard on January 31, 2023 in New York City. President Biden traveled to New York to speak about how the passage of the the bipartisan infrastructure law will help fund the Hudson River tunnel project and improve reliability for the 200,000 passenger trips per weekday on Amtrak and NJ Transit. Michael M. Santiago/Getty Images/AFP (Photo by Michael M. Santiago / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार ूसैद्धान्तिक सम्झौताू गरेका छन्।
यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ, अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । ूवार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता हाउस र सिनेटमा जानेछ,ू राष्ट्रपतिले भन्नु भएको छ।
अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यस बारे उल्लेख गर्नु भएको छ। ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुनेछ र प्रतिनिधिसभाले बुधबार मतदान गर्नेछ, म्याकार्थीले भन्नु भयो । अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले शुक्रबार भन्नु भएको छ यदि कांग्रेसले ५ जुनसम्म ऋण सीमा बढाएन वा निलम्बन नगरेमा ट्रेजरी विभागसँग सरकारको दायित्वहरू पूरा गर्न स्रोतहरू पर्याप्त हुने छैनन् । अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसका अनुसार दोस्रो विश्वयुद्धपछि ऋणको सीमा १०२ पटक परिमार्जन गरिएको छ।






