अवतरणको तयारीमा रहेको एशियाना एयरलाइन्सको आपत्कालीन ढोका यात्रुले खोलेको आरोप


प्रकाशित मिति : जेष्ठ १२, २०८० शुक्रबार

एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेको आरोप लागेको छ । यद्यपि विमान सुरक्षित रुपमा अवतरण भएको छ ।

राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरणको तयारीमा रहेको एशियाना एयरलाइन्सको विमानको आपत्कालीन द्वार एक जना उद्दण्ड यात्रीले जबरजस्ती खोलेका विमान कम्पनीले बताएको छ । निजले धावनमार्गबाट विमान दुई सय मिटरको उचाइमा विमान रहेका बेला ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो ।

विमान कम्पनीका अनुसार सास फेर्न गाह्रो भएका ती यात्रीलाई अस्पताल भर्ना गरिएको छ । मध्यआकाशमा विमानको आपत्कालीन द्वार खोल्ने ती यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com