अमेरिकामा रहेका नेपालीको स्वास्थ्य समस्याबारे पहिलो सम्मेलन शुक्रबारदेखि टेक्सासमा


प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार

अमेरिकामा रहेका नेपालीहरुको स्वास्थ्य समस्या र समाधानका उपायबारे छलफल गर्न अमेरिकामा स्वास्थ्य सम्मेलन गरिने भएको छ । मे २६ देखि २८ सम्म अर्भिङ टेक्सासमा हुने सम्मेलनमा सेमिनार, राउण्ड टेबुल, छलफल, वेविनार र तालिमहरु आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

एनआरएनएको ग्लोबल हेल्थ कमिटिले आयोजना गर्ने यो पहिलो अमेरिका क्षेत्रको नेपाली स्वास्थ्य सम्मेलन हो । यस सम्मेलनले स्वास्थ्य व्यवसायीहरू जस्तै चिकित्सक, नर्स, जनस्वास्थ्य विशेषज्ञ, सम्बद्ध स्वास्थ्यकर्मी, स्वास्थ्य अधिकारकर्मीहरुलाई एउटै प्लेटफर्ममा ल्याएर स्वास्थ्यमा एकीकृत समग्र दृष्टिकोण प्रदान गर्ने बारे छलफल गर्ने एनआरएनए आईसीसीका ग्लोबल हेल्थ कमिटिका चेयर डाक्टर सञ्जिव सापकोटाले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुनका लागि निशुल्क दर्ता गर्न यहाँ क्लीक गर्नुहोला ।

२५ सय भन्दा बढी नेपाली डाक्टरहरू र ५५ सय भन्दा बढी नेपाली नर्सहरू अमेरिका, क्यानडा, क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकामा काम गर्ने जनाइएको छ । यसबाहेक नेपाली मूलका हजारौं प्यारामेडिक, ल्याब प्राविधिक, फार्मासिस्ट, जनस्वास्थ्य व्यवसायी, स्वास्थ्य अर्थशास्त्री र स्वास्थ्य सूचनाविद् अमेरिका क्षेत्रमा कार्यरत रहेका छन् ।

ती सबैलाई जोड्दा नेपाली मूलका १५,००० भन्दा बढी ठूला स्वास्थ्य बलहरू अमेरिका क्षेत्रमा अवस्थित रहेको जनाइएको छ । यो शक्तिशाली समुहले अमेरिका र नेपाल दुबैमा नेपाली जनताको स्वास्थ्य सुधारमा अर्थपूर्ण प्रभाव पार्न सक्ने आयोजकको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभिन्न स्वास्थ्य समस्याका कारण अमेरिकामा कैयन नेपालीहरुको ज्यान जाने गरेको छ । विशेष गरी कागजात नभएका आप्रवासीहरूको स्वास्थ्य सेवामा सीमित पहुँच, वित्तीय अवरोधहरू, स्वास्थ्य बीमाको अभाव, भाषा अवरोधहरू वा स्वास्थ्य सेवा प्रणालीसँग अपरिचितताका कारण स्वास्थ्य सेवाहरूमा पहुँचमा चुनौतीहरू समेत रहेका छन् ।

आप्रवासीहरूमा जीवनशैलीमा परिवर्तन, आहार बानी र नयाँ वातावरणीय कारकहरूको सम्पर्कको कारणले दीर्घकालीन रोगहरू विकास गर्ने जोखिम पनि हुन सक्छ। मधुमेह, हृदय रोग र मोटोपन जस्ता अवस्था आप्रवासीमा ब्यापक रहेको छ ।

आप्रवासन एक तनावपूर्ण अनुभव हुनसक्छ । आप्रवासीहरूले आफूलाई नयाँ परिस्थीतिमा ढाल्ने क्रममा विभिनन कठिनायी र तनावहरू सामना गर्नसक्छन् जसमा भाषा अवरोधहरू, सामाजिक अलगाव र भेदभावहरू समावेश छन्। यी कारकहरूले मानसिक स्वास्थ्य समस्याहरू उत्पन्न हुने गरेको समेत देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com