ट्रम्पविरुद्ध उम्मेदबारीको तयारीमा फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसेन्टिस


प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार

फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसेन्टिस यस हप्ता २०२४ को राष्ट्रपतिको दौडमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । सर्वेक्षणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रभागमा रहेको देखाइरहँदा डिसेन्टिसले रिपब्लिकन प्राइमरीमा ट्रम्पबिरुद्ध भिड्ने तयारी गरेका हुन् ।

यसैबीच बाइडेनको चुनावी टोलीले डिसेन्टिसको उम्मेदबारीका लागि तयारी गर्न शान्त प्रयासहरू गरिरहेको छ। टोलीले फ्लोरिडामा नगद परिचालन र चुनावी प्रयासहरू थालिसकेको छ । थप गर्ने वा नगर्नेबारे आउने महिनाहरूमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच संघीय निर्वाचन आयोगको वेबसाइट अनुसार साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर टिम स्कटले २०२४ मा राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी आजदेखि औपचारिक रूपमा रिपब्लिकन प्राइमरीको दौडमा प्रवेश गर्नेछन्।

सिनेटमा एकमात्र अश्वेत रिपब्लिकन स्कटले नम्बर २ सिनेट रिपब्लिक सेन जोन थुनबाट समर्थन प्राप्त गर्ने तयारी गरिरहेका छन् । उनी दोस्रो कार्यकाल खोज्दै गरेका राष्ट्रपति जो बाइडेनलाई चुनौती दिनको लागि रिपब्लिकन प्राइमरीको फिल्डमा सामेल हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच हार्वर्ड क्याप्स ह्यारिसको नयाँ सर्वेक्षणमा पूर्व राष्ट्रपति ट्रम्पले राष्ट्रपति बाइडेनलाई ७ अंकको अन्तरले उछिनेका छन् । अलग रूपमा सर्वेक्षणले बाइडेन र फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डेसेन्टिस बराबर देखिएका छन् । जब सर्वेक्षणमा सहभागीहरूलाई उनीहरूले हेड टू हेड म्याचअपमा कसलाई रुचाउँछन् भनेर सोधिएको थियो।

सर्वेक्षणले रिपब्लिकन प्राइमरीमा ट्रम्पको स्पष्ट शक्तिलाई संकेत गरेको छ । किनभने डेसेन्टिस अर्को हप्ता चुनावी दौडमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । सर्वेक्षणहरुमा डेसेन्टिसभन्दा ट्रम्प दोहोरो अंकले अगाडि छन् । डेसेन्टिसले उनी बाइडेनको सामना गर्न बलियो उम्मेदबार भएको दावी गर्दै आएपनि नयाँ सर्वेक्षणले यसमा प्रश्न खडा गरेको छ ।

सर्वेक्षणले ४७ प्रतिशत उत्तरदाताहरूले २०२४ को चुनाव आज भएमा तथा ट्रम्प र बाइडेन राजनीतिक दलका उम्मेदवार भएमा ट्रम्पलाई भोट दिने बताएका थिए। चालीस प्रतिशतले भने बाइडेनलाई भोट दिने बताएका थिए । जबकि १३ प्रतिशतले उनीहरूलाई थाहा नभएको वा निश्चित नभएको बताएका थिए ।

म्याचअपमा ४२ प्रतिशत उत्तरदाताले बाइडेनलाई रोजे भने ४२ प्रतिशतले नै डिसेन्टिसलाई रोजे। सोह्र प्रतिशतले आफूलाई थाहा नभएको वा निश्चित नभएको बताए। अर्को म्याचअपमा बाइडेनले संयुक्त राष्ट्र संघका लागि पूर्व राजदूत निक्की हेलीलाई भने पछाडि पारेका छन् । उक्त म्याचअपमा बाइडेनलाई ४० र हेलीलाई ३८ प्रतिशतले समर्थन गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com