नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध


प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

फोटो: फाइल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com