६ महिनामा ५८२१ नेपालीलाई ग्रिनकार्ड


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

आर्थिक बर्ष २०१७ को पहिलो ६ महिनामा ५८२१ जना नेपालीले अमेरिकी ग्रिनकार्ड प्राप्त गरेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । उनीहरुमध्ये पहिलो तीनमहिनामा ३०३१ र दोश्रो तीन महिनामा २७९० जनाले अमेरिकी ग्रिनकार्ड प्राप्त गरेका थिए ।

ग्रिनकार्ड पाउनेहरुमध्ये अमेरिकामा आइसकेपछि स्टेटस एड्जस्ट गर्नेहरु २९६३ जना रहेका छन् भने ग्रिनकार्ड पाउने गरी अमेरिकामा आउनेहरु २८५८ जना रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।

स्टेटस एड्जस्ट गर्नेहरु २९६३ जनामध्ये १६०३ जना आर्थिक बर्ष २०१७ को पहिलो तीनमहिना र १३६० जना दोश्रो तीनमहिनामा रहेका छन् । अमेरिकामा ग्रिनकार्ड पाउनेगरी आउनेहरु भने पहिलो तीनमहिनामा १४२८ र दोश्रो तीनमहिनामा १४३० जना नेपालीहरु रहेका थिए ।

नेपालबाट ग्रिनकार्ड पाउनेगरी अमेरिका आउनेहरुमध्ये अधिकांश डिभी लोटरी र पारिवारिक पिटिसनमा आउनेहरु रहेका छन् भने अमेरिकामा स्टेटस एड्जस्ट गर्नेहरु एसाइलम, रोजगारमा आधारित र अन्य तरिकाबाट ग्रिनकार्ड पाउनेहरु रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com