तस्विरमा न्युयोर्कमा आयोजित नेपाल डे परेड, न्युयोर्क सिटीका मेयर एरिक आडम्स पनि सहभागी


प्रकाशित मिति : जेष्ठ ७, २०८० आईतबार

न्युयोर्कको म्यानहाटनमा आइतवार नेपाल डे परेड सम्पन्न भएको छ । सन् २०१६ देखि न्युयोर्कको म्यानहाटनमा नेपाल डे परेड हुँदै आएको छ ।

नेपालका बिभिन्न गाउँ ठाँउमा रहेका समुदायको बिविध कला, सँस्कृति, भेषभुषा झल्काउने बिभिन्न प्रस्तुती कार्यक्रममा देखाइएको थियो । परेडमा न्युयोर्क सिटीका मेयर एरिक आडम्स पनि सहभागी भएका थिए ।

नेपाली समुदायले न्युयोर्क धेरै योगदान दिने उल्लेख गर्दै नेपाली समुदायसँग आज नेपाल डे र गणतन्त्र नेपालको स्थापना दिवस मनाउन पाउनु गौरवको कुरा भएको मेयर आडम्सले बताएका छन् ।

मेयर आडम्सले नेपाली समुदायका तर्फबाट न्युयोर्क शहरमा परम्परा र सांस्कृतिक योगदानको स्मरण गर्दै विश्व प्रसिद्ध नेपाली ममको समेत प्रशंसा गरेका छन् ।

परेडमा संघीय र राज्य सांसद लगायत अन्य स्थानीय नेताहरुको समेत सहभागिता रहेको थियो ।

न्युयोर्क म्यानहटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट सुरु भएको परेड म्याडिसन एभिन्युको २४ स्ट्रीटमा पुगेर सभामा परिणत भएको थियो । नेपाल र नेपालीको पहिचान झल्कने यस कार्यक्रममा न्युयोर्क र आसपासका क्षेत्रमा बस्ने नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सबै तस्वीर : बेनी पोलाटसेक / मेयरल फोटोग्राफी कार्यालय

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com