नेपालका माओवादीहरुको भिसाबारे अमेरिकाले अब तुरुन्तै निर्णय गर्ने


प्रकाशित मिति : जेष्ठ ७, २०८० आईतबार

नेपालका माओवादीहरुको  भिसाबारे अमेरिकाले अब तुरुन्तै निर्णय गर्ने भएको छ । यस अगाडि उनीहरुको भिसाका लागि राष्ट्रिय सुरक्षाका आधारमा थप जाँचबुझका लागि प्रशासनिक प्रकृयामा लामो समय लाग्दै आएको थियो । यो प्रकृयाका लागि केहीसातादेखि कैयन महिनासमेत लाग्ने गरेको थियो ।

खासगरी विगतमा माओवादीमा संलग्न भएकाहरु वा अहिले पनि माओवादी पार्टीका सदस्य रहेकाहरुका लागि अमेरिकाको भिजिटर भिसा पाउनका लागि राष्ट्रिय सुरक्षामा खतरा नरहेको प्रमाणित गर्नुपर्ने अवस्था विद्यमान रहेको छ । माओवादीलाई विगतमा अमेरिकाले आतंककारीको सुचीमा राखेकाले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नभएको क्लीयरेन्स पाउनुपर्ने अवस्था रहेको हो ।  भिसाका लागि क्लीयरेन्स पाउन लामो प्रकृया अपनाउनुपर्ने भएकाले प्रशासनिक प्रकृयामा लामो समय लाग्दै आएको थियो ।

तर सन् २०२२ को अक्टोबरदेखि भने पहिले अतिरिक्त प्रशासनिक आवश्यक भएका भिसाका आवेदनहरु समय नलगाइकन तुरुन्तै समाधान गरिदै आएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । माओवादी पार्टीका सदस्यबाहेक अन्यको भिसामा समेत अतिरिक्त राष्ट्रिय सुरक्षा छानविन गर्न सकिने प्रावधान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्रालयले राष्ट्रिय सुरक्षा जिम्मेबारीहरु कायम राख्दै पहिलेभन्दा अझ प्रभावकारी रुपमा भिसाहरु प्रशोधन गरिरहेको जनाएको छ । थप सुरक्षा जाँचसहित भिसा जारी गर्नु अगाडि लिनुपर्ने अतिरिक्त कदमहरुका लागि प्रशासनिक प्रकृयाको समय कम गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

हालै नयाँ प्रविधिको प्रयोग गरेर सुरक्षाका आधारमा प्रशासनिक प्रकृया आवश्यक पर्ने भिसा आवेदनहरुको संख्या घटाउन समन्वय बढाइएको विदेश मन्त्रालयले जनाएको छ । अर्थात् अब गम्भिर सुरक्षा खतरा भएका बाहेक अन्य आवेदनहरुका सन्दर्भमा प्रशासनिक प्रकृयामा नलगी तुरुन्तै भिसाबारे निर्णय गरिनेछ भने गम्भिर सुरक्षा खतराका आशंका भएका आवेदनमात्र प्रशासनिक प्रकृयामा लगिनेछ ।

अमेरिकी विदेशमन्त्रालयले संघीय सरकारका साझेदारहरुसँग राष्ट्रिय जाँच केन्द्रमार्फत समन्वय गर्ने र त्यसले प्रशासनिक प्रकृयाका लागि पर्खने भिसा आवेदकको संख्या नाटकीय रुपमा घटाएको विदेश मन्त्रालयले जनाएको छ । पहिले लामो प्रशासनिक प्रकृया आवश्यक पर्ने भिसा आवेदनका लागि पनि गत अक्टोबरदेखि तुरुन्तै निर्णय गर्ने गरिएको छ ।

राष्ट्रिय सुरक्षा उच्च प्राथमिकता रहेको तथा कुनै पनि भिसा जारी गर्नु अगाडि प्रत्येक सम्भावित यात्री सुरक्षा जाँचको कडा अधिनमा रहेको सुनिश्चित गर्ने विदेश मन्त्रालयले जनाएको छ । अब यो काम धेरै व्यवस्थीत र छोटो समयमा नै गर्न सकिने भएको विदेश मन्त्रालयको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com