रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य : अमेरिकी राष्ट्रपति


प्रकाशित मिति : जेष्ठ ७, २०८० आईतबार

US President Joe Biden attends a quad meeting with with Australia’s Prime Minister Anthony Albanese, Japan’s Prime Minister Fumio Kishida, and India’s Prime Minister Narendra Modi on the sidelines of the G7 Leaders’ Summit in Hiroshima on May 20, 2023. (Photo by JONATHAN ERNST / POOL / AFP)

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गर्नुभएको छ ।
जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनबाट वासिङ्टन फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा खर्च कटौतीको रिपब्लिकनको पछिल्लो माग ‘स्पष्ट रुपमा अस्वीकार्य’ रहेको बताउनुभएको हो ।  उहाँले भन्नुभयो, “अब अर्को पक्षले आफ्नो चरम स्थितिबाट हट्ने समय आएको छ ।”
बाइडेनले आइतबार वासिङ्टन फर्कने क्रममा रिपब्लिकन पार्टीका नेता तथा प्रतिनिधिसभाका सभामुख केभिन म्याक्कार्थीसँग प्रत्यक्ष कुराकानी गर्ने बताउनुभएको छ ।
तर उहाँले सार्वजनिक ऋणको वैधतामाथि प्रश्न नउठ्ने अस्पष्ट संवैधानिक धारा लागू गर्ने नाटकीय प्रयासको खोजी गरिरहेको पनि बताउनुभएको छ ।
राष्ट्रपति बाइडेनले रिपब्लिकनका बारेमा भन्नुभयो, “म यो विश्वास गर्दिन कि उनीहरूले अपमानजनक काम गरेर ऋण तिर्ने कानुनी मार्गलाई अवरोध गरी देशलाई आर्थिक सङ्कटतर्फ धकेलिन बाध्य पार्ने छैनन् । म चौधौँ संशोधनलाई हेरिरहेको छु ।”
उहाँले भन्नुभयो, “मलाई लाग्छ हामीसँग अधिकार छ । यो समयमा उक्त अधिकारको प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्नेमा विवाद हो । यसका लागि आह्वान गर्न सकिन्छ ।”  बाइडेनले जापानबाट पपुवा न्युगिनी र अष्ट्रेलिया जाने योजना बनाउनु भएको थियो तर जारी कर्जा वार्ताका कारण एसिया भ्रमणलाई अन्तिम समय रद्द गरी यात्रा छोट्याउनुभएको छ ।
अमेरिकी कोष तथा लेखा नियन्त्रण (ट्रेजरी डिपार्टमेन्ट) का अनुसार यदि रिपब्लिकनहरूको नियन्त्रण रहेको काङ्ग्रेसले थप ऋण लिन अनुमति दिएमा सरकारले जुन १ सम्ममा ३१ ट्रिलियन अमेरिकी डलरको ऋण तिर्न सक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com