भोलि न्युयोर्कमा नेपाल डे परेड, कहाँबाट कसरी सहभागी हुने ?


प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार

भोलि आइतवार अर्थात् मे २१ न्युयोर्कमा नेपाल डे परेड आयोजना गरिने भएको छ । परेड विहान ११ बजे न्युयोर्क म्यानहटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट सुरु हुनेछ भने म्याडिसन एभिन्युको २४ स्ट्रीटमा समाप्त हुनेछ । सन् २०१६ देखि न्युयोर्कमा हुदै आएको नेपाल डे परेडमा यसपटक पनि नेपाली कला संस्कृति झल्काइने आयोजकले जानकारी दिएका छन् ।

आयोजक समितिका कन्भेनर टकबहादुर रुवालीले नेपालको पहिचान विश्व समुदायलाई देखाउन आइतबार न्युयोर्कको म्यानहाटनमा हुने परेडमा सहभागिताका लागि अनुरोध गरेका छन् । कार्यक्रमका लागि बिभिन्न उपसमितिहरु समेत बनाइएको छ ।

नेपाल र नेपाली मौलिक कला संस्कृतिको प्रवद्र्धन एवं स्थानीय गैर आवासीय नेपाली र स्थानीय समुदायबीचको सदभाव र सहकार्य अभिवृद्धि गर्दै नेपाल र अमेरिकाबीच जनस्तरमा रहेको सम्बन्धलाई अझ प्रगाढ पार्न र स्थानीय नेपाली समुदायबीचको एकता र सदभाव अझ विस्तार गर्न पनि यस कार्यक्रमले मद्दत गर्ने न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासका तर्फबाट जारी विज्ञप्तीमा जनाइएको छ । नेपाली समुदायको अठोटमा नियोगको सधै साथ र समर्थन रहेको उल्लेख गर्दै परेड कार्यक्रममा सहभागिताका लागि आव्हान समेत गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com