युक्रेनका राष्ट्रपति जेलेन्स्की जापानको हिरोसिमा पुगे, जी-७ को बैठकमा सहभागि हुँदै


प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की जी–७ देशको बैठकमा सहभागी हुन जापानको हिरोसिमा पुगेका छन् ।

कूटनीतिक स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उनको विमान जापानमा अवतरण गरेको जानकारी दिएको छ ।

यस वार्षिक सम्मेलनको अन्तिम दिन मे २१ मा हुने तीन दिने जी–७ को बैठकमा सहभागी हुने जापानको क्योडो न्यूजले जनाएको छ।

वेबसाइटले जापानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै जेलेन्स्की बैठकमा भर्चुअल रूपमा सहभागी हुन लागेको तर त्यसका लागि स्वयम् जापान आउने इच्छा व्यक्त गरेको जनाएको छ ।

युक्रेनमा रुसी आक्रमणपछि जेलेन्स्की पहिलो पटक एसियाली मुलुकको भ्रमण गर्दैछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com