नेपाल डे परेड : आइतबार न्युयोर्कमा नेपाल झल्काउने तयारी


प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार

आगामी आइतवार (मे २१) न्युयोर्कमा आयोजना हुने नेपाल डे परेडको तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । आयोजक समितिका कन्भेनर टकबहादुर रुवालीले दिएको जानकारी अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि सबै तयारी पुरा गरिएको हो । रुवालीले भने -‘आउनुस आइतबार न्यूयोर्कको म्यानहाटनमा भेटेर नेपालको पहिचान विश्व समुदायलाई देखाऔं ।’

कार्यक्रम गर्नका लागि गठित बिभिन्न उपसमितिहरुको तयारी समेत अन्तिम चरणमा रहेको उनले जानकारी दिएका छन् । हरेक बर्ष न्युयोर्कमा नेपालको भाषा, सँस्कृति झल्किने गरी नेपाल डे परेड कार्यक्रम आयोजना हुँदै आएको छ ।

उक्त दिन कार्यक्रममा नेपाली कालकारहरुले गित, नृत्य, बाजागाजाका माध्यमबाट बिभिन्न मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने गरेका छन् । यस कार्यक्रमलाई न्युयोर्कको म्यानहटनमा आयोजना गरिदै आएको छ ।

एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष समेत रहेका आयोजक समितिका आङछिरिङ शेर्पाका अनुसार यसअघिका बर्षहरुमा जस्तै यस बर्ष पनि भब्य रुपमा कार्यक्रम सम्पन्न गर्नका लागि बिभिन्न संघ सस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरुले सहयोग गर्दै आएको छ । उक्त दिन सबै जनाको भव्य उपस्थिति रहने उनको अपेक्षा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘न्युयोर्कमा यस किसिमको कार्यक्रम आयोजना हुनु आफैमा गर्वको कुरा हो,’ –  न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष रामहरी अधिकारीले भने -‘हाम्रो साझा प्रयासले नै यस्ता भव्य कार्यक्रमहरु हामीले सम्पन्न गर्न सकेका छौं । साथै न्युयोर्कको ज्याक्शन हाइटमा  माउन्ट एभरेष्ट वे नामाकरण गरेको पनि यस बखत म स्मरण गर्न चाहन्छु ।’

नेपाल डे परेका अर्थसमिति संयोजक रामेश्वर बुर्लाकोटीका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि न्युयोर्कमा रहेका सबै संघ सस्थाका तर्फबाट र सामाजिक अभियान्ताहरुबाट आर्थिक सहयोग भइरहेको जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com