अमेरिकी राष्ट्रपति बाइडेनको अस्ट्रेलिया भ्रमण रद्द, क्वाड देशहरूको बैठक पनि स्थगित
प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार
US President Joe Biden, followed by US Senate Majority Leader Chuck Schumer (D-NY), US Senator Kirsten Gillibrand (D-NY), and US Senator Cory Booker (D-NJ), walks to board Air Force One at John F. Kennedy (JFK) International Airport in New York City on January 31, 2023. – Biden travelled to New York to speak on how the Bipartisan Infrastructure Law will provide funding for the Hudson River Tunnel project. (Photo by Mandel NGAN / AFP)
अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–७ शिखर सम्मेलनपछि पपुवा न्युगिनी र अष्ट्रेलियाको आफ्नो निर्धारित भ्रमण रद्द गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानमा हुने जी–७ शिखर सम्मेलनमा भाग लिएर फर्कने र अष्ट्रेलियामा हुने क्वाड नेताहरुको शिखर सम्मेलनमा सहभागी नहुने बताएका छन् ।
अमेरिकामा ऋण संकटको बीचमा बाइडेनले यो निर्णय लिएका हुन् । बाइडेनले मंगलबार यस सम्बन्धमा ह्वाइट हाउसमा आपतकालीन बैठक पनि गरेका थिए।
अमेरिकासँग हाल ३१४०० अर्ब डलर ऋण छ । अमेरिकी सरकारले ऋण लिने सीमा नाघेको छ । तर, ऋण तिर्नका लागि अमेरिकी सरकारले थप ऋण लिनुपर्ने हुन्छ, अर्थात् ऋणको सीमा बढाउनुपर्ने हुन्छ । यदि यसका लागि कुनै सम्झौता भएन भने, अमेरिका जून १ सम्म डिफल्ट हुनेछ।
क्वाड देशहरुको बैठक २२ देखि २४ मे सम्म अष्ट्रेलियाको सिड्नीमा हुने थियो । बाइडेनको पपुवा न्यू गिनी भ्रमणलाई पनि ऐतिहासिक मानिएको थियो, किनकि उनी यहाँ जाने पहिलो अमेरिकी राष्ट्रपति हुने थिए।
जो बाइडेनको भ्रमण रद्द भएपछि क्वाडको आयोजना गरिरहेको अष्ट्रेलियाले सिड्नीमा हुने चार देशका नेताहरुको बैठक पनि स्थगित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई उद्धृत गर्दै अष्ट्रेलियाली सञ्चारमाध्यमले यो जानकारी दिएको हो । यससँगै जापानमा हुन लागेको जी–७ को बैठकमा सम्भावित चार देशका नेताहरुबीच भेटवार्ता हुने बताइएको छ । बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई आफ्नो भ्रमण रद्द भएको जानकारी गराएको बताए ।-एजेन्सी






