यूके पढ्न आएको केही समयमै २१ वर्षीया सदिच्छाको निधन, शव नेपाल पठाउन सहयोगको अपिल


प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार

उच्च शिक्षाका लागि यूके आएको केही समयमै २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ । उनको मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा बुधबार निधन भएको हो ।

अस्पतालमा भर्ना भएको भोलिपल्ट नै उनको निधन भएको जनाइएको छ । उनलाई निमोनियाको संक्रमण भएको जनाइएको छ । सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् । उनले ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर बेलायत आएको जनाइएको छ ।

२०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।
परिवारले उनको अन्त्येस्टि नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र शव नेपाल पठाइदिन बाबुले आग्रह गरेकोले आर्थिक सहयोग संकलन थालिएको गैर आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगरले बताएका छन् ।

अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । उनले सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण गैर आवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका पनि उल्लेख गरेका छन् ।

सहयोग गर्न चाहनेलाई:
Bank:  HSBC
Account Name:Non-Resident Nepalese Association UK
Sort code:- 40-46-22
Account Number- 51707000
Reference: SADIKSHYA 21

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com