‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन, आज अन्त्यष्टि


प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार

दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उहाँको गए राति निधन भएको हो ।

जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको १७ वर्षपछि उहाँको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमै उहाँको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिनुुभयो ।

जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उहाँ बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको अचेत हुनुहुन्थ्यो । कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुभएपछि ओछ्यानमा थला पर्नुभएका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उहाँ ओछ्यानबाट कहिल्यै उठ्न सक्नुभएन । परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म हुनुभएको थियो । उहाँ २०७५ असारदेखि थप बिरामी पर्नुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उहाँको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो ।

कायस्थ पाँच वर्षयता दुब्लाउँदै जानुभएको, पहिलेजस्तो हाँस्न र बोल्न छाड्दा उहाँको परिवारलाई  ‘पीरमाथि पीर’ थपिँदै गएको थियो । कायस्थ परिवारको एक्लो छोरा हुनुहुन्थ्यो । उहाँका बुबा कृष्णमानले केही महिनाअघि भन्नुभएको थियो “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यतिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस् ।” कायस्थ एक वर्षदेखि बोल्न सक्नुभएको थिएन । चपाएर खाना खान नसक्ने उहाँलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएको थियो । बिरामी परेपछि भने पाइपद्वारा खानेकुरा खुवाइँदै आएको थियो ।

“बिरामी परेयता मुकेशको दायाँ हात र दुवै गोडा थोरै मात्र चल्थे”, बुबा कृष्णमानले भन्नुभयो । उहाँको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको थियो कायस्थ परिवार । जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले कायस्थ परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो ।

पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहनुभएको थियो । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो । विसं २०६२/६३ को अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । सो आन्दोलनमा नालाका भीमसेन दाहालले कास्कीको पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाउनुभएको थियो । उक्त आन्दोलनमा काभे्रपलाञ्चोकका ४० जना घाइते भएका थिए । उहाँको आज (बिहीबार) अन्तिम संस्कार गरिने शर्माले जानकारी दिनुुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com