अमेरिकाको न्युजर्सीको घरको छतमा खस्यो अरबौं वर्ष पुरानो तातो उल्का पिण्ड, भुइँमा क्षति


प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार

अमेरिकाको न्युजर्सीका एक परिवारले सोमबार दिउँसो आफ्नो घरको छतमा उल्का पिण्ड ठोक्किएपनि सबै सुरक्षित रहेको भन्दै आभार व्यक्त गरेका छन् ।
होपवेल पुलिस विभागले जारी गरेको विज्ञप्ति अनुसार उल्का पिण्ड मानिने धातुको वस्तु घरको छानामा ठोक्किएको थियो। यो आयातकार बस्तु चार इन्च लामो र ६ इन्च चौडाईको रहेको छ ।

घरको छत र सिलिंगहुँदै उल्कापिण्ड भुइँमा खसेको थियो । प्रहरीले जारी गरेको तस्बिरले क्षतिग्रस्त र फुटेको भुइँको छेउमा उल्कापिण्ड देखाएको छ। घरमा बस्ने सुजी कोपले उल्कापिण्ड उनको बुबाको सुत्ने कोठामा खसेको थियो । तर घरमा कोही थिएनन्। बुबा वा अरु कोही नभएको बेलामा खसेको भन्दै उनले भगवानलाई धन्यवाद दिएकी छिन् ।

कोठामा भग्नावशेषको बीचमा उल्कापिण्ड भेटिएपनि सुरुमा घरमा बस्नेहरुले यो कसैले फ्याँकेको ढुंगा ठानेका थिए । तर छाम्दा यो तातो रहेको थियो । आपतकालिन उद्दारकर्ताहरु आएर वस्तुबाट कुनै दीर्घकालिन प्रभाव भए नभएको जाँच गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले वस्तुको सकारात्मक पहिचान गर्न र बासिन्दा तथा वस्तुको सुरक्षा गर्न मद्दतको लागि अन्य धेरै एजेन्सीहरूसँग सम्पर्क गरेको बताएको छ । प्रहरीले यो बस्तुलाई मध्य अप्रिलदेखि मेको अन्तिमसम्म चलिरहेको उल्का वर्षासँग जोड्न सकिने बताएको छ । त्यस्तै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

फ्र्याङ्कलिन इन्स्टिच्युटका प्रमुख खगोलशास्त्री डेरिक पिट्सले यो वस्तु अरबौं वर्ष पुरानो हुन सक्ने तथा सौर्यमण्डल जत्तिकै पुरानो हुन सक्ने बताएका छन् । यो लामोसमय अन्तरिक्षमा घुमिरहेको र अब यो पृथ्वीमा आएर घरमा खसेको उनले बताए । यस्तो घटना वास्तवमै असामान्य रहेको र इतिहासमा धेरै कम पटक भएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com