बाल्यकालमा बुवा गुमाएकी न्युयोर्ककी उर्मिलाको ‘मेरो बुवाको घर’, १३ बर्षपछिको गायनयात्रा निरन्तर


प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार

न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत ‘मेरो बुवाको घर’ भिडियोसहित सार्वजनिक भएको छ । अमेरिकामा छायाँकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार पारिएको हो । यस अगाडि यो गीत रोहित थापाले गाएका थिए ।

१३ बर्षको लामो अन्तरालपछि झण्डै तीनबर्ष अगाडि गायन यात्रामा फर्किएकी उनका यो अवधिमा झण्डै आधा दर्जन गीतहरु सार्वजनिक भइसकेका छन् । यस अगाडि उनका माया बैगुनी, ताजाताजा, लिन आउँछु भन्थ्यौ, समान सबै जात हजुर लगायतका गीतहरु आइसकेका छन् ।

‘मेरो बुवाको घर’ भिडियोको स्क्रीनशट

हेटौंडा रातामाटेमा जन्मिएकी उनी बच्चैदेखि अभिनयमा समेत रुची राख्थिन् । तर उक्त शौख पूरा गरिदियो टेलिचलचित्र दलनले । जातीय विभेदबिरुद्धको उक्त टेलिचलचित्र झण्डै १३ बर्षअगाडि रिलिज भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दलनमा उनले दलितभित्रको पनि अन्तरजातीय जोडीका रुपमा अभिनय गरेकी छिन् । दलनमा नैना नामको पात्रको अभिनय गरेकी उनी म्युजिक भिडियोमा समेत देखिएकी थिइन् । त्यस्तै टेलिभिजनका केही चेतनामुलक विज्ञापनहरुमा पनि अभिनय गरिन् । स्वास्थ्य मन्त्रालयले निर्माण गरेको उक्त विज्ञापन नेपाल टेलिभिजनबाट खुब बज्यो ।

‘मेरो बुवाको घर’ भिडियोको स्क्रीनशट

अभिनयमा रुची भएपनि सन् २०११ मा उनी अमेरिका आएकाले अभिनययात्रालाई अगाडि बढाउन सकिनन् । अब बच्चाहरु पनि हुर्किसकेकाले गायनयात्रालाई अगाडि बढाउनमा सहज वातावरण भएको उनी बताउँछिन् ।

विभिन्न कार्यक्रममा गाउने र बच्चैदेखि गाउने भएपनि गायनयात्रामा अगाडि बढ्नमा विभिन्न कुराले पछि परेको बताउँछिन् उनी । उनले बुबालाई बच्चैमा गुमाउनुपरेको थियो । झण्डै १६ बर्ष अगाडि आमालाई पनि गुमाउनुपर्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com