अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड
प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार
ALLEN, TEXAS – MAY 6: A member for the Allen SWAT team returns to the parking lot near the scene of a shooting at Allen Premium Outlets on May 6, 2023 in Allen, Texas. According to reports, a shooter opened fire at the outlet mall, injuring nine people who were taken to local hospitals. The police have confirmed there were fatalities but have not specified how many. The unidentified shooter was neutralized by an Allen Police officer responding to an unrelated call. Stewart F. House/Getty Images/AFP (Photo by Stewart F. House / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो ।
गैरसैनिकहरूले पनि सहजरूपमा बन्दुक राख्न पाउँने कानूनका कारणले अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड घट्ने र निहत्था व्यक्तिहरूको ज्यान जाने क्रम बढ्दो मात्रामा छ । सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैर-लाभकारी समूह हो ।
अमेरिकाको लस भेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एकजना घाइते भएको लस भेगास महानगरीय प्रहरीले सोमबार (स्थानीय समय) बताएको छ ।
लस भेगास मेट्रोपोलिटन प्रहरीले लस भेगास गोलीकाण्डको अनुसन्धान गरिरहेको छ। गोली लागेर घाइते भएका व्यक्तिलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ ।
लस भेगास मेट्रोपोलिटन पुलिसका अनुसार घटना अझै सेलाएको छैन। लस भेगास मेट्रोपोलिटन पुलिसले यसको आधिकारिक ट्विटर ह्यान्डलमा लेखेको छ -“हामी भोन टोबेल मिडलमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेका छौं।”यसअघि डलासको बाहिर एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीका अनुसार द हिलले जनाएको छ ।
एलेन फायर डिपार्टमेन्टले नौ जनालाई क्षेत्रीय अस्पतालमा पुर्याएको एलेन फायर डिपार्टमेन्टका प्रमुख जोनाथन बॉयडले बताएका छन्। एलेन प्रिमियम आउटलेटमा सात जनाको घटनास्थलमा मृत्यु भएको थियो र अन्य दुईलाई अस्पतालमा मृत घोषित गरिएको थियो। अन्य तीन जनाको अवस्था गम्भीर रहेको द हिलले जनाएको छ।





