महाकाली सिँचाइ : शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै पानी आएन


प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार

आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ । कञ्चनपुरको राष्ट्रिय गौरवको आयोजनामा परेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत आगामी असारसम्म कूल २८ किलोमिटर मूल नहर निर्माण सकिँदैछ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालमा निर्माण सुरु भएको मुल नहरको काम हाल शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म पुगेको छ ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउन सुरु गरिएको आयोजनाको अहिले १५ किलोमिटर मूल नहर निर्माण तीन प्याजेकमा भइरहेको छ । तर निर्माणमा आउने प्राविधिक कठिनाइ हल गर्न आयोजनाका कर्मचारीले ढिलासुस्ती गरेकै कारण निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको आरोप छ ।

“मूल नहरअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब सात÷आठ सय मिटर पानीको मूल फ्टने समस्याले निर्माण ढिलाइ भइरहेको छ ।” महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनियर शम्भू पण्डितले भन्नुभयो, “आगामी असारभित्र निर्माणाधीन काम सकिएर नयाँ ठेक्काको सुरसारमा लाग्छौँ ।”

विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति आउन ढिलाइ, बजेट अभावलगायत समस्याले जेलिएको आयोजनाले महाकाली नदीबाट पाउनुपर्ने पानी अझै पाएको छैन । इञ्जिनियर पण्डितका अनुसार २८ किलोमिटर मूल नहरको क्षेत्रमा अहिले दुई प्याकेजमा ठेक्का सम्झौता गरेर शाखा नहर निर्माण भइरहेको छ । यहाँ २२ वटा शाखा नहर निर्माणका लागि रु एक अर्ब बढीको लागतमा काम अघि बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“एकदेखि १४ किलोमिटरसम्म पहिलो र १४ देखि २२ किलोमिटरसम्म दोस्रो गरी दुई प्याकेजका शाखा नहर निर्माण हुँदैछन्”, उहाँले भन्नुभयो, “अब चाँडै नै हामी स्याली नदीसम्म मूल नहरमा पानी ल्याउन सक्ने अवस्थामा पुग्दैछौंँ ।”

शाखा नहरको पहिलो प्याकेज राजेन्द्र निर्माण सेवा र दोस्रो प्याकेज केएस निर्माण सेवाले काम गरिरहेको उल्लेख गर्दै पण्डितले सो कामको अवधि दुई वर्षको रहेको जानकारी दिनुभयो । २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मुल नहर निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

“मूल नहर निर्माणको आवश्यक योजना बनाएर सिँचाइ विभाग पठाएको छौँ”, उहाँले भन्नुभयो–“ठेक्का पूरा हुन आगामी असोजसम्म लाग्न सक्छ ।” अढाइ दशकपछि महाकाली नदीदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटर भारतीय पक्षले बनाएको छ ।

गत वर्ष असार १५ गते धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छोडे पनि पछि विधिवत उद्घाटनपछि मात्रै नियमित पानी दिने भन्दै पानी दिन मानेको छैन । “प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा महाकाली नदीबाट पानी पाउनुपर्ने विषय एजेण्डा बनोस भनेर विभाग र मन्त्रालयसम्म कुरा पु¥याएका छौँ”, पण्डितले भन्नुभयो, “नहरमा नियमित पानी आउने प्रबन्ध गर्नुपर्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com