टेक्सासमा आप्रवासीहरूहरुको आश्रयस्थल अगाडि बस स्टपमा कारले भीडलाई जोत्दा ७ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार

एक चालकले आइतवार टेक्सासको सीमावर्ती सहरमा आप्रवासीहरू बसोबास गरिरहेको आश्रयस्थल बाहिर बस स्टपमा एउटा समूहमा गाडी जोज्दा धेरै आप्रवासीहरू सहित सात व्यक्तिको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् ।

ब्राउन्सभिल टेक्सासका अधिकारीहरूका अनुशार उनीहरूलाई ल्याण्ड रोभरको बारेमा बिहान साढे ८ बजे फोन आएको थियो जसले बिशप एनरिक सान पेड्रो ओजानम सेन्टर नामको एक गैर नाफामुलक घरबारविहीन आश्रयबाट सडक पार बस स्टपमा पर्खिरहेका धेरै मानिसहरूलाई ठक्कर दिएको थियो । यो दुर्घटना नियोजित भए नभएकोबारे स्पष्ट छैन ।

मृतकमध्ये धेरै आप्रवासीहरू रहेको र सीमा गस्तीले पीडितहरूको पहिचान पुष्टि गर्न काम गरिरहेको जनाइएको छ । विश्वभरका आप्रवासीहरू आश्रयमा बस्दै आएका छन् भने उनीहरूले बसाइमा वृद्धि भइरहेको थियो । यस आश्रयमा २ सय जनालाई बास र खानाको व्यवस्था गरिएको थियो ।

घटनास्थलका प्रत्यक्षदर्शीहरूले अधिकारीहरू नआउन्जेल चालकलाई नियन्त्रणमा लिएका थिए । गाडीका चालकलाई स्वास्थ्य उपचार गराइएको र लापरबाही गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ । चालकबिरुद्ध अरु अभियोगहरु पनि थपिने सम्भावना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिस्पानिक व्यक्तिको रूपमा चिनिएको चालकले अधिकारीहरूसँग असहयोगी रुपमा प्रस्तुत भएको जनाइकएको छ । चालकले अधिकारीहरूलाई आफ्ना धेरै नामहरू बताएको र प्रहरीले वास्तविक पहिचान फेला पार्ने आशामा फिंगरप्रिन्ट गर्नुपरेको थियो ।

अधिकारीहरूले चालकको रगतको नमूना लिएका छन् । रगत परीक्षणको आदेश दिइएपनि नतिजाहरू प्राप्त गर्न कति समय लाग्ने भन्नेबारे स्पष्ट छैन । स्यान्डोभलले दुर्घटना नियोजित वा संयोगवश हो कि भनेर अझै अनुसन्धान भइरहेको छ । चालकले रातो बत्ती बेवास्ता गरेको, कर्बमा ड्राइभ गरेको र बस स्टपमा पर्खिरहेका मानिसहरूको समूहमाथि गाडी चलाएको प्रत्यक्षदर्शीहरूले वर्णन गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com